इन्फो नेपाल — सञ्चारको सञ्जाल

हेटौँडा देखी सौराहासम्मको साइकल यात्रा: ४३ जिल्लाका सहभागी हुने

हेटौँडा । हेटौँडाबाट सौराहासम्मको साइकल यात्रा आयोजना हुने भएको छ। संस्कृति तथा पर्यटन मन्त्रालय, बागमती प्रदेश तथा आन्तरिक मामिला तथा योजना मन्त्रालयको सहकार्यमा साइक्लिङ सिटी हेटौँडाले आयोजना गर्न लागेको यो यात्रा २०८२ वैशाख ११ गतेबाट सुरु हुनेछ। ४३ जिल्लाका करिब ५ सय साइकलयात्रीहरूको सहभागिता रहने अनुमान गरिएको छ।

बाहिरी जिल्लाबाट आउने सहभागीहरूका लागि वैशाख ११ गते नै हेटौँडामा स्वागत तथा बसोबासको व्यवस्था गरिएको छ। भूटनदेवी विश्राम गृह र दुर्गा मन्दिर हलमा उनीहरूको बसोबासको व्यवस्था गरिनेछ भने भोजनमा दाल, भात, तरकारी र अचार प्रदान गरिने साइक्लिङ सिटी हेटौँडाका आध्यक्ष लेखनाथ ढकालले जानकारी दिए  ।

उनले वैशाख १२ गते बिहान ७ बजे बुद्धचोकबाट नास्ता लिएर साइकल यात्रा सुरु हुने बताउंदै भूटनदेवी मन्दिर दर्शन गरेपछि सामुदायिक सेवा केन्द्र हेटौँडा-११ मा छोटो विश्राम र पानी ब्रेकको व्यवस्था गरिएको जानकारी दिए।

सौराहामा रेष्टुरेन्ट व्यवसायी तथा होटल व्यवसायी संघको आतिथ्यतामा स्वागत गरिनेछ जानकारी दिंदै सहभागीहरूलाई पौडी तथा स्विमिङ पुलमा फ्रेश हुने समय समेत छुट्याइएको उनले बताए ।

साइकल यात्रा न केवल खेलकुद प्रवर्द्धन गर्ने उद्देश्यले आयोजना गरिएको हो, तर पर्यटन प्रवर्द्धन, पर्यावरणीय सन्तुलन, स्वास्थ्य जागरूकता तथा सांस्कृतिक आदानप्रदानका लागि पनि महत्त्वपूर्ण अवसर हुने उनले बताए । ४३ जिल्लाका साइकलयात्रीहरूलाई एकै ठाउँमा भेला गराउँदै प्रकृतिको सौन्दर्य अनुभव गराउने यो यात्रा सम्पूर्ण सहभागीहरूका लागि अविस्मरणीय क्षण उनको बिस्वास छ ।

सम्बन्धित समाचार

भीमफेदी सुमो दुर्घटना : मृतक र घाइतेको पहिचान खुल्यो

बिहीबार बिहान करिब ८ः३० बजे हेटौँडाबाट काठमाडौंतर्फ जाँदै गरेको ना१ज २१४३ नम्बरको सुमो अनियन्त्रित भई सडकबाट करिब सात मिटर तल राप्ती खोलामा खसेको थियो ।

बसन्त भण्डारी

रित्तिएका घरमा फर्कियो चहलपहल, पर्यटनले बदल्दै सुपिङको मुहार

हेटौँडा। कुनै समय परिवारका सदस्यको हाँसो, कुराकानी र दैनिकीले भरिएका घरहरू बिस्तारै सुनसान हुँदै गए। रोजगारी, शिक्षा र सुविधाको खोजीमा गाउँ छाड्नेहरू बढ्दै गएपछि आँगनमा झार उम्रिन…

घुमन्ते

English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

मुकुल ढकाल र निशा डाँगी विवाह बन्धनमा बाँधिँदै

मकवानपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पूर्वमहामन्त्री डा. मुकुल ढकाल र सहमहामन्त्री एवं प्रतिनिधिसभा सदस्य निशा डाँगी आगामी मंसिर १० गते विवाह बन्धनमा बाँधिने भएका छन्…

इन्फो डेस्क