इन्फो नेपाल — सञ्चारको सञ्जाल

हेटौँडा-३ मा ‘जेनजी मकवानपुर’ को समिति विस्तार

हेटौँडा | जेनजी मकवानपुरले आफ्नो संगठन विस्तार अभियान अन्तर्गत हेटौँडा उपमहानगरपालिका वडा नम्बर ३ मा वडा समिति गठन गरेको छ । बिहीबार एक कार्यक्रमका बीच नयाँ कार्यसमिति विस्तार गरिएको हो ।

वडाका करिब ५० जना युवाहरूको उपस्थितिमा सम्पन्न भेलाले आइत बहादुर मोक्तानको संयोजकत्वमा १७ सदस्यीय वडा समिति चयन गरेको जेनजी मकवानपुरका संयोजक सुगम नेगीले जानकारी दिए । उनका अनुसार नवगठित समितिको उपसंयोजकमा सुशील लामा चयन भएका छन् ।

कार्यक्रममा मकवानपुरका संयोजक नेगीले जेनजीहरू संगठित र एकताबद्ध हुनुपर्ने धारणा राखे । उनले जेनजी मकवानपुर हाल संगठन विस्तारको तीव्रतामा रहेको जानकारी दिँदै जिल्लाका सबै पालिका र वडाहरूमा क्रमशः समिति गठन गरिने बताए ।

संयोजक नेगीले सामाजिक रूपान्तरण र रचनात्मक कार्यका लागि सबै जेनजीहरूलाई संस्थामा गोलबद्ध हुन आग्रह समेत गरेका छन् ।

सम्बन्धित समाचार

भीमफेदी सुमो दुर्घटना : मृतक र घाइतेको पहिचान खुल्यो

बिहीबार बिहान करिब ८ः३० बजे हेटौँडाबाट काठमाडौंतर्फ जाँदै गरेको ना१ज २१४३ नम्बरको सुमो अनियन्त्रित भई सडकबाट करिब सात मिटर तल राप्ती खोलामा खसेको थियो ।

बसन्त भण्डारी

रित्तिएका घरमा फर्कियो चहलपहल, पर्यटनले बदल्दै सुपिङको मुहार

हेटौँडा। कुनै समय परिवारका सदस्यको हाँसो, कुराकानी र दैनिकीले भरिएका घरहरू बिस्तारै सुनसान हुँदै गए। रोजगारी, शिक्षा र सुविधाको खोजीमा गाउँ छाड्नेहरू बढ्दै गएपछि आँगनमा झार उम्रिन…

घुमन्ते

English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

मुकुल ढकाल र निशा डाँगी विवाह बन्धनमा बाँधिँदै

मकवानपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पूर्वमहामन्त्री डा. मुकुल ढकाल र सहमहामन्त्री एवं प्रतिनिधिसभा सदस्य निशा डाँगी आगामी मंसिर १० गते विवाह बन्धनमा बाँधिने भएका छन्…

इन्फो डेस्क