इन्फो नेपाल — सञ्चारको सञ्जाल

हेटौंडाको भैरवडाँडामा तिरुपति बालाजी दिव्यधाम निर्माणको शिलान्यास

हेटौंडा | हेटौंडा–१ भैरवडाँडामा धार्मिक पर्यटन प्रवद्र्धनको उद्देश्यसहित ‘श्री तिरुपति बालाजी दिव्यधाम’ निर्माणका लागि शिलान्यास गरिएको छ। बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिं लामा र पूर्वमुख्यमन्त्री डोरमणि पौडेलले संयुक्त रूपमा शिलान्यास गरे। मुख्यमन्त्री लामाले धार्मिक क्षेत्रहरूको प्रचारप्रसारबाट पर्यटन विकास गर्न सकिने बताउँदै आगामी वर्ष परियोजनाका लागि बजेट विनियोजन गर्ने प्रतिबद्धता जनाए। पूर्वमुख्यमन्त्री पौडेलले इमानदारीपूर्वक प्रयास गरेमा यो परियोजना समयमै सम्पन्न हुने विश्वास व्यक्त गरे।

परिकल्पनाकार धर्मदत्त घिमिरेका अनुसार दिव्यधाममा तिरुपति बालाजीको मन्दिर, पञ्चमुखी हनुमानको मूर्ति, योग साधना भवन, पुष्करिणी तलाउ, गोशाला, केबुलकार, शहीद स्मारक, र सांस्कृतिक बस्ती निर्माण गर्ने योजना छ। परियोजनामा स्थानीय समुदाय, वन समितिहरू, र स्थानीय सरकारको सहयोग आवश्यक रहेको वक्ताहरूले जोड दिए।

हेटौंडा–२ का अशोक शाक्यले धाम निर्माणको लागि जग्गा उपलब्ध गराएकोमा खुसी व्यक्त गर्दै आगामी दिनमा थप सहयोग गर्ने प्रतिबद्धता जनाए। हेटौंडा उपमहानगरपालिकाका प्रमुख मिनाकुमारी लामाले उपमहानगरपालिकाले दिव्यधाम निर्माणमा सक्दो सहयोग गर्ने बताइन्। वडा अध्यक्ष सविन न्यौपानेले धार्मिक पर्यटनमार्फत हेटौंडालाई विश्वमै चिनाउने अभियान सुरु भएको बताए।

कार्यक्रममा बागमती प्रदेशका विभिन्न धार्मिक, सामाजिक, र राजनीतिक व्यक्तित्वहरूले शुभकामना व्यक्त गर्दै परियोजनालाई सफल बनाउन सहकार्य आवश्यक भएको बताए। जग्गा दानदातालाई विशेष सम्मान पत्र प्रदान गरियो। परियोजना सम्पन्न भएपछि यसले हेटौंडाको धार्मिक, सांस्कृतिक, र पर्यटकीय पहिचानलाई अन्तर्राष्ट्रिय स्तरमा पुर्‍याउने विश्वास गरिएको छ।

सम्बन्धित समाचार

भीमफेदी सुमो दुर्घटना : मृतक र घाइतेको पहिचान खुल्यो

बिहीबार बिहान करिब ८ः३० बजे हेटौँडाबाट काठमाडौंतर्फ जाँदै गरेको ना१ज २१४३ नम्बरको सुमो अनियन्त्रित भई सडकबाट करिब सात मिटर तल राप्ती खोलामा खसेको थियो ।

बसन्त भण्डारी

रित्तिएका घरमा फर्कियो चहलपहल, पर्यटनले बदल्दै सुपिङको मुहार

हेटौँडा। कुनै समय परिवारका सदस्यको हाँसो, कुराकानी र दैनिकीले भरिएका घरहरू बिस्तारै सुनसान हुँदै गए। रोजगारी, शिक्षा र सुविधाको खोजीमा गाउँ छाड्नेहरू बढ्दै गएपछि आँगनमा झार उम्रिन…

घुमन्ते

English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

मुकुल ढकाल र निशा डाँगी विवाह बन्धनमा बाँधिँदै

मकवानपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पूर्वमहामन्त्री डा. मुकुल ढकाल र सहमहामन्त्री एवं प्रतिनिधिसभा सदस्य निशा डाँगी आगामी मंसिर १० गते विवाह बन्धनमा बाँधिने भएका छन्…

इन्फो डेस्क