इन्फो नेपाल — सञ्चारको सञ्जाल

हेटौंडामा सहकारी घोटाला: विदेशमा रहेका व्यक्तिको नाममा अवैध ऋण प्रकरण

हेटौंडा | हेटौंडामा एक सहकारी संस्थाद्वारा विदेशमा रहेका व्यक्तिको नाममा अनधिकृतरुपमा ऋण निकालिएको भेटिएको छ ।

हेटौंडा–७, नागस्वतीकी चमेली घोरासैनीले सिर्जना बचत तथा ऋण सहकारी संस्थाले आफ्ना पति नारायण सापकोटाको नाममा अवैधरुपमा ऋण निकालेको दाबी गरेकी छन् । उनका अनुसार उनका पति तीन वर्षदेखि रोजगारीका लागि विदेशमा छन् ।

गत हप्ता एउटा पत्रले उनलाई अचम्मित पा¥यो । पत्रमा उनका पतिको नाममा अझै एक लाख ऋण बाँकी रहेको उल्लेख थियो ।

"म त छक्क परेँ," चमेली भन्छिन्। "मैले त सबै तिरिसकेको थिएँ। कसरी फेरि ऋण रह्यो?" उनले आफ्नो मोबाइलबाट बैंक स्टेटमेन्ट देखाउँदै भनिन्, "हेर्नुहोस् न, यहाँ स्पष्ट देखिन्छ -मैले सबै तिरेको छु। तर त्यसपछि, मलाई थाहै नदिई, फेरि एक लाख निकालिएको रहेछ।"

चमेलीको आवाजमा रिस र निराशा मिसिएको थियो । "मेरा श्रीमान् त तीन वर्षदेखि नेपालमै हुनुहुन्न। उहाँले कसरी यो नयाँ ऋण लिनुभयो? यो त स्पष्ट छैन र?"

"हामीले पहिले लिएको ऋण पूर्ण रूपमा चुक्ता गरिसकेका थियौँ," चमेलीले बताइन्। "तर अचानक सहकारी र उपमहानगरपालिकाबाट पत्र आयो, जसमा थप ऋण तिर्न बाँकी रहेको उल्लेख गरिएको थियो।"

चमेलीका अनुसार, उनीहरूले २०७८ साल भदौ १७ गते एक लाख रुपैयाँको ऋण लिएका थिए, जुन २०७९ मंसिर २९ गते पूर्ण रूपमा चुक्ता गरिएको थियो।

२०७९ मंसिर २९ गते पूर्ण रूपमा चुक्ता गरिएको स्टेटमेन्ट ।

तर, सहकारीको स्टेटमेन्टमा अनुसार ऋणचुक्ता गरेकै दिन फेरि एक लाखको नयाँ ऋण निकालिएको देखिन्छ । चमेलीले यो नयाँ ऋण आफूहरुले नलिएको दृढतापूर्वक बताएकी छन् ।

ऋण चुक्ता गरेकै दिन फेरि एक लाख रुपैयाँको नयाँ ऋण निकालिएको स्टेटमेन्ट ।

हेटौंडा उपमहानगर सहकारी शाखा प्रमुख हिमप्रसाद पौडेलले यस मामिलाको गम्भीरतापूर्वक अनुसन्धान गरिने आश्वासन दिएका छन् ।

सृजना सहकारीका अध्यक्ष ध्रुव आर्यालले गल्ती स्वीकार्दै नियतवश केही कर्मचारीले यसो गरेको भेटिएको बताए। उनले भने, "उहाँले ऋण चुक्ता गरेको ७ मिनेटपछि नयाँ ऋण जारी गरिएको सफ्टवेयरमा देखिएको छ।" उनले इन्फो नेपालसँग कुरा गर्दै ४ मिनेट अगाडि त्यो ऋण डिपोजिट भइसकेको बताएका छन् । तर कसले डिपोजिट गरेको उनले खुलाएनन्।

उनले यस विषय मिडियामा सार्वजनिक नगरिदिन आग्रह गर्न समेत भ्याए । अध्यक्ष आर्यालले पीडितले निवेदन दिए कारबाही प्रक्रिया अघि बढाउने बताए । तर, निवेदन नआए केही गर्न नसकिने उनको भनाइ थियो ।

यस घटनाले सहकारी संस्थाको कार्यप्रणाली र नियमनमाथि गम्भीर प्रश्न उठाएको छ । यसले वित्तीय संस्थामा हुनसक्ने अनियमितता र ग्राहकको विश्वास दुरुपयोगलाई उजागर गरेको छ ।

सम्बन्धित समाचार

लगातार घट्दै सुनचाँदीको मूल्य, आज पनि उच्च गिरावट

काठमाडाैँ । विगत केही दिनदेखि सुनचाँदीकै मूल्यमा निरन्तर पहिरो गहिरहेको छ । सुनको भाउ आज तोलामै १२ हजार २ सय रुपैयाँ घटेर २ लाख ४५ हजार ४ सयमा झरेको नेपाल सुनचाँदी व्यवसायी महासंघल…

हेटौंडा–कुलेखानी सडक आज बन्द, कान्ति लोकपथ प्रयोग गर्न आग्रह

हेटाैडा । मकवानपुर प्रशासनले हेटौंडा–भैंसे–भीमफेदी–कुलेखानी सडक आज एक दिनको लागि बन्द गरेको छ । मकवानपुरको हेटौंडा–भैंसे–भीमफेदी–कुलेखानी हुँदै काठमाण्डौ आउजाउ गर्ने गाडी आज शुक्रब…

English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

भीमफेदी सुमो दुर्घटना : मृतक र घाइतेको पहिचान खुल्यो

बिहीबार बिहान करिब ८ः३० बजे हेटौँडाबाट काठमाडौंतर्फ जाँदै गरेको ना१ज २१४३ नम्बरको सुमो अनियन्त्रित भई सडकबाट करिब सात मिटर तल राप्ती खोलामा खसेको थियो ।

बसन्त भण्डारी