काठमाडौँ: सरकारले हेटौंडा कपडा उद्योग, गोरखकाली रबर उद्योग र बुटवल धागो उद्योग सञ्चालन गर्ने भन्दै नीति तथा कार्यक्रममा समेटेको छ । आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले ती तीन उद्योग पूर्ण सञ्चालनको सम्भावना रहेको बताए ।
त्यस्तै, बन्द अवस्थामा रहेका रुग्ण उद्योगलाई सञ्चालन, खारेज र एकीकरण गर्न उच्चस्तरीय अध्ययन टोली गठन गरिने सरकारको नीति तथा कार्यक्रममा उल्लेख गरेको छ । औद्योगिक विकासलाई तीब्रता दिन नवप्रवर्तनमा आधारित उद्यम व्यवसायीलाई प्रोत्साहन गरी विदेशी लगानी भित्र्याउन विदेशस्थित कूटनीतिक नियोगको सक्रियता बढाइने राष्ट्रपति पाैडेलले बताए । ‘वैदेशिक लगानीलाई उत्पादन एवम रोजगारी क्षेत्रमा परिचालन गरिनेछ,’ नीति तथा कार्यक्रम वाचन गर्दै पाैडेलले भने ।
काठमाडाैँ । विगत केही दिनदेखि सुनचाँदीकै मूल्यमा निरन्तर पहिरो गहिरहेको छ । सुनको भाउ आज तोलामै १२ हजार २ सय रुपैयाँ घटेर २ लाख ४५ हजार ४ सयमा झरेको नेपाल सुनचाँदी व्यवसायी महासंघल…
बिहीबार बिहान करिब ८ः३० बजे हेटौँडाबाट काठमाडौंतर्फ जाँदै गरेको ना१ज २१४३ नम्बरको सुमो अनियन्त्रित भई सडकबाट करिब सात मिटर तल राप्ती खोलामा खसेको थियो ।
KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…
हेटौँडा। कुनै समय परिवारका सदस्यको हाँसो, कुराकानी र दैनिकीले भरिएका घरहरू बिस्तारै सुनसान हुँदै गए। रोजगारी, शिक्षा र सुविधाको खोजीमा गाउँ छाड्नेहरू बढ्दै गएपछि आँगनमा झार उम्रिन…