इन्फो नेपाल — सञ्चारको सञ्जाल

हेटौंडा जेसीजको सप्ताहव्यापी कार्यक्रम समापन

मकवानपुर । हेटौंडा जेसीजले विभिन्न कार्यक्रम आयोजना गरी ‘जेसीज सप्ताह २०२४’ मनाएको छ । कार्तिक ६ गतेदेखि ९ गतेसम्म ७ वटा कार्यक्रम आयोजना गरेर जेसीजले जेसीज सप्ताह मनाएको हो ।

शुक्रबार साँझ रिगल हेटौंडा रिसोर्टमा समापन तथा पुरस्कार वितरण समारोह आयोजना गरिएको थियो । सो अवसरमा प्रमुख अतिथि एवम् बागमती प्रदेश सरकारका मुख्यमन्त्री बहादुर सिंह लामाले प्रदेश सरकार सामाजिक संघ संस्थाहरुसँग हातेमालो गर्दै अगाडि बढ्न तयार रहेको प्रतिवद्धता जनाउँदै जेसीजले समाजमा पुर्याउँदै आएको योगदानको चर्चा गरे । उनले युवाहरु जेसीजमार्फत् एकतावद्ध भएर नेतृत्व तथा व्यक्तित्व विकास समेत गर्दै सामाजिक सेवामा लागेकोमा खुसी व्यक्त गरे । जेसीजको कर्मबाट सिंगो समाजले प्रेरणा प्राप्त गर्न सक्ने भन्दै उनले अझै क्रियाशील भएर सामाजिक क्षेत्रमा लाग्न अनुरोध गरे ।

हेटौंडा जेसीज वर्ष सन् २०२४ का अध्यक्ष विकेशलाल श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा जेसीजका छिमेकी शाखाका अध्यक्षहरु तथा विभिन्न संघ संस्थाका प्रतिनिधिहरुले शुभकामना दिँदै आपसमा हातेमालो गर्दै अगाडि बढ्नुपर्नेमा जोड दिए ।

जेसीजले सप्ताहव्यापी कार्यक्रम अन्तरगत पहिलो कार्यक्रमको रुपमा हेटौंडाको सिचाईं टोलदेखि मनकामना मन्दिरसम्म साइकल रेस गरेको थियो । त्यस्तै दोस्रो कार्यक्रमको रुपमा जेसीजको सचिवालयमा वतृत्वकला प्रतियोगिता आयोजना गरिएको थियो । त्यस्तै हेटौंडा १५ चिप्लेटीस्थित सामुदायिक विद्यालयमा शैक्षिक सामग्री वितरण गरिएको थियो भने चौथो कार्यक्रमको रुपमा हुप्रचौरमा रक्तदान कार्यक्रम आयोजना गरिएको थियो ।

त्यसैगरी सितलमहलचोकमा स्लो मोटरबाइकल प्रतियोगिता आयोजना गरिएको थियो हेटौंडा ९ लामसुरेधापस्थित सिआन महिला पुनःस्थापना केन्द्रमा स्थानीय टोल विकास संस्था तथा आमा समूहका प्रतिनिधिहरुलाई लागूऔषध दुव्र्यशनी न्यूनिकरणको विषयमा अभिमुखीकरण गरिएको मुल कार्यक्रम संयोजक विवेक आनन्द न्यौपानेले बताए ।

समापन समारोहमा विभिन्न प्रतियोगिताका विजेताहरुलाई पुरस्कार वितरण गरिएको थियो भने अतिथि एवम् विभिन्न क्षेत्रबाट जेसीजलाई सहयोग पुर्याउने व्यक्ति तथा संस्थाहरुलाई मायाको चिनो प्रदान गरिएको थियो ।

संजयकुमार न्यौपानेले संयोजन गरेको कार्यक्रमलाई महासचिव पंकजदार बानियाँले सहजिकरण गरेका हुन् । सो अवसरमा जेसीजको विभिन्न जिम्मेवारीमा रहेकाहरुको बाक्लो उपस्थिति रहेको थियो ।

सम्बन्धित समाचार

भीमफेदी सुमो दुर्घटना : मृतक र घाइतेको पहिचान खुल्यो

बिहीबार बिहान करिब ८ः३० बजे हेटौँडाबाट काठमाडौंतर्फ जाँदै गरेको ना१ज २१४३ नम्बरको सुमो अनियन्त्रित भई सडकबाट करिब सात मिटर तल राप्ती खोलामा खसेको थियो ।

बसन्त भण्डारी

रित्तिएका घरमा फर्कियो चहलपहल, पर्यटनले बदल्दै सुपिङको मुहार

हेटौँडा। कुनै समय परिवारका सदस्यको हाँसो, कुराकानी र दैनिकीले भरिएका घरहरू बिस्तारै सुनसान हुँदै गए। रोजगारी, शिक्षा र सुविधाको खोजीमा गाउँ छाड्नेहरू बढ्दै गएपछि आँगनमा झार उम्रिन…

घुमन्ते

English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

मुकुल ढकाल र निशा डाँगी विवाह बन्धनमा बाँधिँदै

मकवानपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पूर्वमहामन्त्री डा. मुकुल ढकाल र सहमहामन्त्री एवं प्रतिनिधिसभा सदस्य निशा डाँगी आगामी मंसिर १० गते विवाह बन्धनमा बाँधिने भएका छन्…

इन्फो डेस्क