काठमाडौं – आज २०७९ साल असोज १ गते शनिबार। ज्योतिष शास्त्रमा चन्द्रमा अनुसार दैनिक फलादेश हुन्छ। सोही अनुसार उनीहरूको दैनिकी कस्तो रहन्छ भन्ने विषयमा भविष्यवाणी गरिन्छ। तपाईँको आजको दिन कस्तो रहनेछ ? यस्तो छ आजको फलादेश:
आगामी ३ दिनभित्रपर्ने चाडपर्व, उत्सव र मुहूर्तादिको विवरण :-
- ०२ गते : गोरखकाली पूजा, सोह्र श्राद्धअन्तर्गत अष्टमी श्राद्ध, जीवत्पुत्रिका व्रत (जितीया पर्व), जीमूतवाहन पूजा, मुहूर्त : शिववास (रुद्रीपूजा/रुद्राभिषेक), द्रव्यप्रयोग (द्रष्टव्य : मृत्यु वाण विचार गरी कार्य गर्ने),
- ०३ गते : सोह्र श्राद्धअन्तर्गत नवमी श्राद्ध, मातृ नवमी श्राद्ध (सौभाग्यवती स्त्रीहरूको श्राद्ध), मुहूर्त : अग्निवास (यज्ञ र हवनादि), कलशचक्र,
- ०४ गते : सोह्र श्राद्धअन्तर्गत दशमी श्राद्ध, मुहूर्त : कलशचक्र (द्रष्टव्य : बिहान ०७:३६ बजेपछि भद्रा रहने छ)