इन्फो नेपाल — सञ्चारको सञ्जाल

१० वर्षमा आधा घटेको विद्युत चुहावट फेरि बढ्न थाल्यो

हेटौँडा | नेपाल विद्युत प्राधिकरणले लगातार दश वर्षदेखि घटाउँदै आएको वितरणतर्फको विद्युत चुहावट यो वर्ष भने बढेको छ। प्राधिकरणका तथ्यांकअनुसार आर्थिक वर्ष २०८०/८१ मा चुहावट नौ दशमलव पाँच नौ प्रतिशतमा सीमित थियो। तर, २०८१/८२ मा बढेर दश दशमलव सात छ प्रतिशत पुगेको छ। अघिल्लो वर्षको तुलनामा करिब एक दशमलव एक सात प्रतिशत विन्दु वृद्धि भएको हो। दश वर्षअघि, अर्थात् २०७२/७३ मा चुहावट उन्नाइस दशमलव आठ प्रतिशत थियो। बीचमा आधाभन्दा कममा झरेको चुहावट फेरि बढ्दै जानु प्राधिकरणका लागि चिन्ताको विषय बनेको छ। गत वर्ष प्राधिकरणको वितरण प्रणालीमा बाह्र अर्ब चौंसट्ठी करोड युनिट विद्युत आएको थियो। त्यसमा करिब एघार अर्ब अठ्ठाईस करोड युनिट मात्र बिक्री भयो भने एक अर्ब छत्तीस करोड युनिट चुहावट भयो। औसत महसुल दरमा हिसाब गर्दा यो चुहावटबाटै बाह्र अर्ब रुपैयाँभन्दा बढी नोक्सानी भएको प्राधिकरणले जनाएको छ। प्राधिकरणले आउँदो भदौ एक गते ४० औँ वार्षिकोत्सव मनाउँदैछ। उपलब्धि सार्वजनिक गर्ने तयारी भइरहे पनि नेतृत्व परिवर्तनको बेलामा चुहावट बढ्नु कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यका लागि टाउको दुःखाइ बनेको छ। प्राधिकरण अधिकारीहरूका अनुसार चुहावट प्राविधिक (जस्तै ट्रिपिङ, आपूर्ति समस्या) र गैरप्राविधिक दुवै कारणले हुन्छ। तर पछिल्ला महिनामा चुहावट तथा चोरी नियन्त्रणका कदम प्रायः ठप्प भएपछि स्थिति बिग्रिएको बताइन्छ। यसैबीच, कार्यकारी निर्देशक शाक्यले चुहावट बढेको तथ्यांक संशोधन गर्न निर्देशन दिएका छन्। त्यसअनुसार ग्राहक तथा वितरण सेवा निर्देशनालयका निर्देशक दीर्घायुकुमार श्रेष्ठले शनिबार बैठक बोलाएका छन्। बैठकमा सबै प्रादेशिक कार्यालय प्रमुखलाई बोलाइएको छ। तर, एक प्रादेशिक प्रमुखले भने, “म त तथ्यांक संशोधन गर्न सक्दिनँ। दिनलाई रात भन्न मिल्दैन, भोलि महालेखापरीक्षकले अडिट गर्ने कुरा हो।” शाक्यले यसअघिका कार्यकारी निर्देशक कुलमान घिसिङले प्रस्तुत गरेका चुहावट नियन्त्रणका तथ्यांकमै चलखेल भएको आरोप पनि लगाएका छन्।

सम्बन्धित समाचार

भीमफेदी सुमो दुर्घटना : मृतक र घाइतेको पहिचान खुल्यो

बिहीबार बिहान करिब ८ः३० बजे हेटौँडाबाट काठमाडौंतर्फ जाँदै गरेको ना१ज २१४३ नम्बरको सुमो अनियन्त्रित भई सडकबाट करिब सात मिटर तल राप्ती खोलामा खसेको थियो ।

बसन्त भण्डारी

रित्तिएका घरमा फर्कियो चहलपहल, पर्यटनले बदल्दै सुपिङको मुहार

हेटौँडा। कुनै समय परिवारका सदस्यको हाँसो, कुराकानी र दैनिकीले भरिएका घरहरू बिस्तारै सुनसान हुँदै गए। रोजगारी, शिक्षा र सुविधाको खोजीमा गाउँ छाड्नेहरू बढ्दै गएपछि आँगनमा झार उम्रिन…

घुमन्ते

English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

मुकुल ढकाल र निशा डाँगी विवाह बन्धनमा बाँधिँदै

मकवानपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पूर्वमहामन्त्री डा. मुकुल ढकाल र सहमहामन्त्री एवं प्रतिनिधिसभा सदस्य निशा डाँगी आगामी मंसिर १० गते विवाह बन्धनमा बाँधिने भएका छन्…

इन्फो डेस्क