इन्फो नेपाल — सञ्चारको सञ्जाल

११ करोड मूल्य बराबरको सुनसहित २ भारतीय नागरिक पक्राउ

हेटौंडा |  हेटौंडामा प्रहरीले दुई भारतीय नागरिकलाई ११ करोड भन्दा बढी मूल्य बराबरको शंकास्पद पहेलो धातुसहित नियन्त्रणमा लिएको छ। यो घटनाले नेपाल-भारत सीमा क्षेत्रमा हुने अवैध वस्तुको ओसारपसारको जटिल समस्यालाई पुनः उजागर गरेको छ।

प्रहरीका अनुसार, बिहान ३ बजेतिर विशेष सूचनाको आधारमा हेटौंडा उपमहानगरपालिका-१५ स्थित रातोमाटे चेकपोष्टमा एक स्कुटरलाई रोकेर जाँच गरिएको थियो। जाँचका क्रममा दुई भारतीय नागरिकको शरीरका विभिन्न भागमा लुकाइएको अवस्थामा ८ किलो २४३ ग्राम ९७० मिलिग्राम तौल भएको पहेलो धातु फेला परेको छ।

पक्राउ परेका व्यक्तिहरूको पहिचान भारतको महाराष्ट्र राज्यका २५ वर्षीय अभिषेक अजिनाथ कुटी र २७ वर्षीय राहुल भिट्टिहाल बाडलको रूपमा खुलेको छ। उनीहरूले ल्याएको धातु सुन भएको यकिन भइसकेको र थप अनुसन्धान जारी रहेको मकवानपुरका प्रहरी प्रहरीले जनाएको छ।

सम्बन्धित समाचार

हेटौंडा–कुलेखानी सडक आज बन्द, कान्ति लोकपथ प्रयोग गर्न आग्रह

हेटाैडा । मकवानपुर प्रशासनले हेटौंडा–भैंसे–भीमफेदी–कुलेखानी सडक आज एक दिनको लागि बन्द गरेको छ । मकवानपुरको हेटौंडा–भैंसे–भीमफेदी–कुलेखानी हुँदै काठमाण्डौ आउजाउ गर्ने गाडी आज शुक्रब…

भीमफेदी सुमो दुर्घटना : मृतक र घाइतेको पहिचान खुल्यो

बिहीबार बिहान करिब ८ः३० बजे हेटौँडाबाट काठमाडौंतर्फ जाँदै गरेको ना१ज २१४३ नम्बरको सुमो अनियन्त्रित भई सडकबाट करिब सात मिटर तल राप्ती खोलामा खसेको थियो ।

बसन्त भण्डारी

English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

रित्तिएका घरमा फर्कियो चहलपहल, पर्यटनले बदल्दै सुपिङको मुहार

हेटौँडा। कुनै समय परिवारका सदस्यको हाँसो, कुराकानी र दैनिकीले भरिएका घरहरू बिस्तारै सुनसान हुँदै गए। रोजगारी, शिक्षा र सुविधाको खोजीमा गाउँ छाड्नेहरू बढ्दै गएपछि आँगनमा झार उम्रिन…

घुमन्ते