इन्फो नेपाल — सञ्चारको सञ्जाल

१२ कक्षाको उत्तरपुस्तिका पुनः परीक्षण हुने

पोखरा, नतिजामा असन्तुष्टि जनाउँदै मंसिर १९ देखि आन्दोलनरत विद्यार्थीले आन्दोलन स्थगित गरेका छन् । आन्दोलनरत विद्यार्थी र परीक्षा व्यवस्थापन बोर्डबीच उत्तरपुस्तिका पुनः परीक्षण गर्ने सहमतिपछि आन्दोलन स्थगित गरिएको हो । सहमति अनुसार १५ दिनभित्रै नतिजा सार्वजनिक गर्ने बताइएको छ । आन्दोलनका क्रममा प्रहरी हस्तक्षेपका कारण घाइते विद्यार्थीको नि:शुल्क उपचार गर्ने सहमति पनि भएको छ । पुनः परीक्षणको शुल्क भने सम्बन्धित क्याम्पसले तिर्ने गरी सहमति गरिएको आन्दोलनरत विद्यार्थीले बताएका छन् । कानुन संकायका विद्यार्थीहरूले निकै न्यून अंक आएको भन्दै पुनः परीक्षणको माग गरेका थिए । केफ र पश्चिमाञ्चल क्याम्पसले आफ्ना विद्यार्थीको शुल्क तिरिदिन लागेको छ । गण्डकीका ७ वटा क्याम्पसबाट पहिलो पटक कानुन विषयको पढाई थालिएको हो । परीक्षा दिएका २ सय विद्यार्थीकै नतिजा अप्रत्याशित आएको विद्यार्थीहरूको गुनासो छ । प्रदेश परीक्षा व्यवस्थापन बोर्डले भने नतिजाबारे जानकारी नभएको भन्दै पन्छिँदै आएको छ । कार्यालय प्रमुख विष्णुनारायण श्रेष्ठले समन्वय गरेर समस्या समाधानमा लाग्ने बताए ।

सम्बन्धित समाचार

भीमफेदी सुमो दुर्घटना : मृतक र घाइतेको पहिचान खुल्यो

बिहीबार बिहान करिब ८ः३० बजे हेटौँडाबाट काठमाडौंतर्फ जाँदै गरेको ना१ज २१४३ नम्बरको सुमो अनियन्त्रित भई सडकबाट करिब सात मिटर तल राप्ती खोलामा खसेको थियो ।

बसन्त भण्डारी

रित्तिएका घरमा फर्कियो चहलपहल, पर्यटनले बदल्दै सुपिङको मुहार

हेटौँडा। कुनै समय परिवारका सदस्यको हाँसो, कुराकानी र दैनिकीले भरिएका घरहरू बिस्तारै सुनसान हुँदै गए। रोजगारी, शिक्षा र सुविधाको खोजीमा गाउँ छाड्नेहरू बढ्दै गएपछि आँगनमा झार उम्रिन…

घुमन्ते

English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

मुकुल ढकाल र निशा डाँगी विवाह बन्धनमा बाँधिँदै

मकवानपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पूर्वमहामन्त्री डा. मुकुल ढकाल र सहमहामन्त्री एवं प्रतिनिधिसभा सदस्य निशा डाँगी आगामी मंसिर १० गते विवाह बन्धनमा बाँधिने भएका छन्…

इन्फो डेस्क