इन्फो नेपाल — सञ्चारको सञ्जाल

१२ वर्षको उमेरदेखि आरन पेसा गर्दै

सुनसरी : इटहरी ९ को टेङ्गा खोला नजिकै १२ वर्षको उमेरदेखि आरन पेसा गर्दै आएका नगेन्द्र विश्वकर्माले अहिले आरन पेसा गरेको ३४ वर्ष भयो । उनको पुर्खा देखि नै यहीँ आरन पेसा गरेर जीविकोपार्जन गर्दै आएकाले उनले पनि यहीँ पेसा अगालेको बताउछन् । उनले हँसिया, कुटो, कोदालो, हम्बर बञ्चरो लगायतका घरमा प्रयोग हुने कृषि औजारका सामाग्री बनाउँदै आएका छन् । उनको पुर्खेउली घर मोरङको लक्ष्मी मार्ग हो । हाल उनी अहिले इटहरी ९ को टेङ्गा खोला पश्चिम पट्टि आरन पेसा गर्दै आएका छन् । उनी भन्छन् साढे ८ धुर जग्गामा भाडा लिएर आरनको गरेको छु । उनि आरन पेसा गरेर घर परिवार चलाउदै आएकाले यहीँ पेसा सन्तुष्ट रहेको बताउछन्  । उनले उत्पादन गरेका फलामका सामान इटहरीका बासिन्दा र टेङ्गा खोलका व्यावसायिहरूले किन्ने गरेका छन् । यस ठाउँमा उनले मात्र आरन पेसा गरेकाले बजारमा माग राम्रै रहेको उनी सुनाउछ्न । फलाम पिट्ला आफ्नो छुट्टै दु:ख कष्ट गर्नु पर्ने , हातकैबरले फलाम पिट्ने काम गर्नेु पर्ने दुखेसो पोख्छन् । पछिल्लो सयमका वैज्ञानिक सामाग्रीको प्रयोग गर्न खर्च धेरै लााग्ने भएकाले स्थानीय सरकारबाट सेवा सुविधा अनुदान नपाएको उनले गुनासो गरे ।

सम्बन्धित समाचार

भीमफेदी सुमो दुर्घटना : मृतक र घाइतेको पहिचान खुल्यो

बिहीबार बिहान करिब ८ः३० बजे हेटौँडाबाट काठमाडौंतर्फ जाँदै गरेको ना१ज २१४३ नम्बरको सुमो अनियन्त्रित भई सडकबाट करिब सात मिटर तल राप्ती खोलामा खसेको थियो ।

बसन्त भण्डारी

रित्तिएका घरमा फर्कियो चहलपहल, पर्यटनले बदल्दै सुपिङको मुहार

हेटौँडा। कुनै समय परिवारका सदस्यको हाँसो, कुराकानी र दैनिकीले भरिएका घरहरू बिस्तारै सुनसान हुँदै गए। रोजगारी, शिक्षा र सुविधाको खोजीमा गाउँ छाड्नेहरू बढ्दै गएपछि आँगनमा झार उम्रिन…

घुमन्ते

English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

मुकुल ढकाल र निशा डाँगी विवाह बन्धनमा बाँधिँदै

मकवानपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पूर्वमहामन्त्री डा. मुकुल ढकाल र सहमहामन्त्री एवं प्रतिनिधिसभा सदस्य निशा डाँगी आगामी मंसिर १० गते विवाह बन्धनमा बाँधिने भएका छन्…

इन्फो डेस्क