इन्फो नेपाल — सञ्चारको सञ्जाल

१५ टाँका लगाउनुपर्ने गरी शिक्षकले विद्यार्थी कुटे

बेइजिङ । चीनमा भौतिक शास्त्र विषय पढाउने एक शिक्षकले पढाउँदै गर्दा ध्यान नदिएको रिसको झोकमा १५ वर्षीय छात्रको चस्मा नै चकनाचुर हुनेगरी बेस्सरी मुक्का प्रहार गरेका छन् । अनुहारमा लागेको चोटको कारण ती विद्यार्थीको १६ वटा टाँका लगाउनुपरेको छ । दि साउथ चाइना मर्निङ पोस्टकाअनुसार उत्तर पश्चिमी चीनको युलिन सहरस्थित याङझु माध्यमिक विद्यालयका ती शिक्षकलाई जेङ नामक विद्यार्थीको अनुहार र छातीमा मुक्का बर्साएका कारण जागिरबाट बर्खास्त गरिएको छ । आक्रमणपछि ती शिक्षक आफैँले जेङलाई अस्पतालमा लगेर उपचार गराएका थिए । चस्माको टुक्रिएको काँचले काटेर जेङको अनुहारको थुप्रै ठाउँमा घाउ लागेको छ भने त्यसमा पनि आँखाको डिलमा दुई सेन्टिमिटर लामो काटिएको देखिन्छ । ती शिक्षकले जेङका अभिभावकलाई छोरालाई अस्पतालमा लगिएको सन्देश दिएपनि आफूले गरेको आक्रमण र १६ टाँका लगाउनुपरेकोबारे केही पनि बताएका थिएनन् । पीडित विद्यार्थीका आमाले दि मर्निङ पोस्टलाई भनेकी छन्, "यी शिक्षकले दोस्रोपटक हाम्रो छोरोलाई गम्भीर रूपमा शारीरिक र मानसिक चोट पुर्‍याएका छन् । हामी भित्र भित्रै मर्माहत छौँ ।" घाउको दाग बस्ने चिन्ता बढेपछि जेङको थप विशेष उपचार भएको थियो । उनका पिताले भनेका छन्, "मेरो छोरोले अब आफ्नो अनुहार निकै कुरूप देखिने भएकाले कहिल्यै विद्यालय नजाने भनेका छन् । घाउको दाग नहटेसम्म उनी बिद्यालय जान नसक्ने भएका छन् ।" ती शिक्षकले विगतमा अन्य विद्यार्थीहरूलाई पनि कुटपिट गर्ने गरेको बताइएको छ । यस घटनालाई लिएर उनले जेङका मातापितासँग क्षमायाचना गरेका थिए । तर उनीहरूले उनलाई कडा सजाय दिन दबाब दिएपछि प्रधानाध्यापकले उनलाई जागिरबाटै निकालेका हुन् । नेक्स्ट सार्कबाट ।

सम्बन्धित समाचार

भीमफेदी सुमो दुर्घटना : मृतक र घाइतेको पहिचान खुल्यो

बिहीबार बिहान करिब ८ः३० बजे हेटौँडाबाट काठमाडौंतर्फ जाँदै गरेको ना१ज २१४३ नम्बरको सुमो अनियन्त्रित भई सडकबाट करिब सात मिटर तल राप्ती खोलामा खसेको थियो ।

बसन्त भण्डारी

रित्तिएका घरमा फर्कियो चहलपहल, पर्यटनले बदल्दै सुपिङको मुहार

हेटौँडा। कुनै समय परिवारका सदस्यको हाँसो, कुराकानी र दैनिकीले भरिएका घरहरू बिस्तारै सुनसान हुँदै गए। रोजगारी, शिक्षा र सुविधाको खोजीमा गाउँ छाड्नेहरू बढ्दै गएपछि आँगनमा झार उम्रिन…

घुमन्ते

English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

मुकुल ढकाल र निशा डाँगी विवाह बन्धनमा बाँधिँदै

मकवानपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पूर्वमहामन्त्री डा. मुकुल ढकाल र सहमहामन्त्री एवं प्रतिनिधिसभा सदस्य निशा डाँगी आगामी मंसिर १० गते विवाह बन्धनमा बाँधिने भएका छन्…

इन्फो डेस्क