इन्फो नेपाल — सञ्चारको सञ्जाल

१५ वर्षीया एक किशोरीमाथि सामूहिक बला'त्कार

टीकापुर । कैलालीको घोडाघोडी नगरपालिका–१ सुखडमा गौराको अवसरमा भइरहेको देउडा हेर्न गएकी १५ वर्षीया एक किशोरीमाथि सामूहिक बला'त्कार भएको छ । केही काम छ भनेर एक युवकले लिएर गएपछि अन्यलाई फोन गरेर बोलाएर ती किशोरीमाथि सामूहिक बला'त्कार भएको प्रहरीले जनाएको छ । इलाका प्रहरी कार्यालय सुखडमा प्रमुख प्रहरी नायव उपरीक्षक लक्ष्मण शाहीका अनुसार किशोरीलाई सँगै लिएर गएका युवकले किशोरीलाई जबरजस्ती मादक पदार्थ सेवन गराएको प्रहरी अनुसन्धानबाट खुलेको छ । त्यसपछि उनले अन्यलाई बोलाएर रातभर बला'त्कार गरेको प्रहरीले जनाएको छ । सानो काम छ भनेर बोलाएर लिएपछि आफूलाई केही खुवाएर सामूहिक बला'त्कार गरेको पीडित किशोरीले प्रहरीसंग् बयान दिएकी छन् । भदौं २१ गते राति किशोरी सामूहिक बला'त्कारको सिकार भएको प्रहरीले जनाएको छ । बला'त्कारपछि बेहोस किशोरीको २३ गते घर पुगेपछि पनि आफू बला'त्कारको सिकार भएको अभिभावकलाई भन्न सकिनन् । २३ गते सुखड बजारमा अर्ध चेत अवस्थामा स्थानीयले देखेपछि प्रहरीलाई खबर गरेका थिए । प्रहरीले उनलाई उद्धार गरी स्थानीय घोडाघोडी अस्पतालमा उपचार गराएको थियो । किशोरीको बयानको आधारमा प्रहरीले २ जनालाई नियन्त्रणमा लिएको जनाएको छ । अहिले सम्म प्रहरीले तीन जनालाई पक्राउ गरिसकेको छ भने अझै एक जना फरार रहेका छन् ।

सम्बन्धित समाचार

भीमफेदी सुमो दुर्घटना : मृतक र घाइतेको पहिचान खुल्यो

बिहीबार बिहान करिब ८ः३० बजे हेटौँडाबाट काठमाडौंतर्फ जाँदै गरेको ना१ज २१४३ नम्बरको सुमो अनियन्त्रित भई सडकबाट करिब सात मिटर तल राप्ती खोलामा खसेको थियो ।

बसन्त भण्डारी

रित्तिएका घरमा फर्कियो चहलपहल, पर्यटनले बदल्दै सुपिङको मुहार

हेटौँडा। कुनै समय परिवारका सदस्यको हाँसो, कुराकानी र दैनिकीले भरिएका घरहरू बिस्तारै सुनसान हुँदै गए। रोजगारी, शिक्षा र सुविधाको खोजीमा गाउँ छाड्नेहरू बढ्दै गएपछि आँगनमा झार उम्रिन…

घुमन्ते

English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

मुकुल ढकाल र निशा डाँगी विवाह बन्धनमा बाँधिँदै

मकवानपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पूर्वमहामन्त्री डा. मुकुल ढकाल र सहमहामन्त्री एवं प्रतिनिधिसभा सदस्य निशा डाँगी आगामी मंसिर १० गते विवाह बन्धनमा बाँधिने भएका छन्…

इन्फो डेस्क