इन्फो नेपाल — सञ्चारको सञ्जाल

१९ किलो सुनबारे सीआईबीले पनि थाल्यो अनुसन्धान

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बरामद भएको १९ किलो सुनबारे नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)ले पनि अनुसन्धान सुरु गरेको छ । मङ्सिर ८ गते विमानस्थलमा भन्सार जाँचका क्रममा सुडानी नागरिकबाट १९ किलो सुन बरामद भएको थियो । विमानस्थलभित्र बरामद भएको अहिलेसम्मकै सबैभन्दा बढी सुन भएकाले यसबारे विस्तृत अनुसन्धान थालिएको सिआइबी स्रोतले जनाएको छ । फ्लाई दुबईको फ्लाईट नम्बर एफ२५३९ बाट १९ किलो सुनसहित सुडानी नागरिक २७ वर्षीय मोहम्मद अहमद दफाल्ला साराफिल्डन पक्राउ परेका छन् । सिआइबीले सुन लैजान लागेको व्यक्तिलाई पक्राउ गरेको छ । पक्राउ परेकाको नाम भने खुलाइएको छैन । तर, सिआइबीका एक अधिकारी भन्छन्, ‘उनले ल्याएको सुन भारत लैजाने गरेको देखिन्छ ।' ती अधिकारीका अनुसार घटनामा संगठित गिरोहको संलग्नता हुन सक्ने भन्दै सिआइबीले पनि अनुसन्धानमा चासो देखाएको छ । भन्सार अधिकृत पनि भन्छन्, ‘सीआईबीसँगको सहकार्यमा विस्तृत अनुसन्धान भइरहेको छ ।' डफल्लाले लगाएको कालो ज्याकेट भित्र १० सुनजस्तै अर्ध-ठोस पदार्थ बरामद भएको थियो। अनुसन्धानमा संलग्न एक अधिकारीका अनुसार डफल्लालाई ३५ लाख सुडानी रुपैयाँ दिने प्रलोभनमा सुनसहित नेपाल पठाइएको थियो । उनलाई दुई दिनको नेपाल भ्रमणको समय दिइएको पनि बताइएको छ । २०७५ सालमा चुडामणि उप्रेती ‘गोरे’को व्यवस्थापनमा सुन तस्करी गर्ने ठूलो गुण्डा ध्वस्त भएपछि नेपालमा सुन बरामद भएको थिएन ।

सम्बन्धित समाचार

भीमफेदी सुमो दुर्घटना : मृतक र घाइतेको पहिचान खुल्यो

बिहीबार बिहान करिब ८ः३० बजे हेटौँडाबाट काठमाडौंतर्फ जाँदै गरेको ना१ज २१४३ नम्बरको सुमो अनियन्त्रित भई सडकबाट करिब सात मिटर तल राप्ती खोलामा खसेको थियो ।

बसन्त भण्डारी

रित्तिएका घरमा फर्कियो चहलपहल, पर्यटनले बदल्दै सुपिङको मुहार

हेटौँडा। कुनै समय परिवारका सदस्यको हाँसो, कुराकानी र दैनिकीले भरिएका घरहरू बिस्तारै सुनसान हुँदै गए। रोजगारी, शिक्षा र सुविधाको खोजीमा गाउँ छाड्नेहरू बढ्दै गएपछि आँगनमा झार उम्रिन…

घुमन्ते

English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

मुकुल ढकाल र निशा डाँगी विवाह बन्धनमा बाँधिँदै

मकवानपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पूर्वमहामन्त्री डा. मुकुल ढकाल र सहमहामन्त्री एवं प्रतिनिधिसभा सदस्य निशा डाँगी आगामी मंसिर १० गते विवाह बन्धनमा बाँधिने भएका छन्…

इन्फो डेस्क