इन्फो नेपाल — सञ्चारको सञ्जाल

१ फागुनदेखि रेल गुडाइने, चढ्न चाहिं नपाइने

काठमाडौं। धनुषाको इनर्वा स्टेशनमा राखिएको नेपाली रेल आगामी फाुन १ गतेदेखि गुडाइने भएको छ । तर तत्काल यात्रा गर्न भने पाइने छैन । नेपाल रेल्वे कम्पनीका अनुसार फागुन १ गतेदेखि दैनिक एक पटक रेल गुडाइने छ । जयनगरबाट कुर्था र कुर्थाबाट जयनगरसम्म दैनिक रेल गुडाइने कम्पनीका महाप्रबन्धक निरन्जन झाले बताए । ‘हामी १ गतेदेखि नियमित दैनिक एक पटक रेल गुडाउन लागेका छौं,’ महाप्रबन्धक झाले भने, ‘रेलको कन्डिसन बुझ्न र बाटो क्लियर गराउनका लागि दिनमा एक पटक गुडाउन लागिएको हो ।’ रेल सञ्चालनमा आएपनि यात्रुलाई चढाउने योजना भने छैन । ‘रेलको अवस्था बुझ्न र रेलको ट्रयक क्लियर गराउनका लागि चलाउन लागेका हौं’ उनले भने । झाका अनुसार रेल्वे ट्रयाक धेरै ठाउँमा अतिक्रमणमा परेको छ, जसलाई हटाउन प्रशासनसँग समन्वय गरिने छ । २ असोज, २०७७ मा नेपाल ल्याइएको रेल इनर्वा स्टेशनमा राखिएको छ । यो रेललाई यसअघि २४ पुसमा पनि गुडाइएको थियो । फागुनको सुरुवाती दुई साता दिनमा एक पटक सञ्चालन गरेपछि रेल्वे सेवाको उद्घाटन गर्ने तयारी छ । । नेपाल र भारतका प्रधानमन्त्रीले संयुक्त रुपमा रेलको उद्घाटन गर्ने भन्दै उनले उद्घाटनको मिति अहिले तय भइनसकेको बताए ।

सम्बन्धित समाचार

भीमफेदी सुमो दुर्घटना : मृतक र घाइतेको पहिचान खुल्यो

बिहीबार बिहान करिब ८ः३० बजे हेटौँडाबाट काठमाडौंतर्फ जाँदै गरेको ना१ज २१४३ नम्बरको सुमो अनियन्त्रित भई सडकबाट करिब सात मिटर तल राप्ती खोलामा खसेको थियो ।

बसन्त भण्डारी

रित्तिएका घरमा फर्कियो चहलपहल, पर्यटनले बदल्दै सुपिङको मुहार

हेटौँडा। कुनै समय परिवारका सदस्यको हाँसो, कुराकानी र दैनिकीले भरिएका घरहरू बिस्तारै सुनसान हुँदै गए। रोजगारी, शिक्षा र सुविधाको खोजीमा गाउँ छाड्नेहरू बढ्दै गएपछि आँगनमा झार उम्रिन…

घुमन्ते

English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

मुकुल ढकाल र निशा डाँगी विवाह बन्धनमा बाँधिँदै

मकवानपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पूर्वमहामन्त्री डा. मुकुल ढकाल र सहमहामन्त्री एवं प्रतिनिधिसभा सदस्य निशा डाँगी आगामी मंसिर १० गते विवाह बन्धनमा बाँधिने भएका छन्…

इन्फो डेस्क