पञ्चाङ्ग
वि.सं. भदौ ०२, २०७९ । ई.सं. १८ अगस्ट २०२२ । शक संवत् १९४४ । नेपाल संवत् ११४२ गुँलागा । नल दक्षिणायन वर्षा । बिहीबार भाद्र कृष्णपक्ष । तिथि-सप्तमी, २४:१९ बजे उप्रान्त अष्टमी । नक्षत्र- भरणी, २७:२६ बजे उप्रान्त कृत्तिका । योग- वृद्धि, २५:२४ बजे उप्रान्त ध्रुव । करण- भद्रा १२:०५ बजेदेखि वव, २४:१९ बजे उप्रान्त तैतिल । चन्द्रराशि मेष । आनन्दादि योग पद्म । दिनमान ३२।३४ । सूर्योदय ५:३६ । सूर्यास्त १८:३७ ।
आगामी ३ दिनभित्रपर्ने चाडपर्व, उत्सव र मुहूर्तादिको विवरण :-
- ०३ गते : श्री कृष्ण जन्माष्टमी व्रत, कृष्ण जयन्ती, मोहरात्री, अष्टमी व्रत, गोरखकाली पूजा, मन्वादि, मुहूर्त : शिववास (रुद्रीपूजा/रुद्राभिषेक)
- ०४ गते : श्री कृष्ण रथयात्रा (देशका विभिन्न कृष्णमन्दिरमा राधाकृष्ण रथयात्रा), पाल्पा तानसेन नारायणी, रणउजिरेश्वरी भगवती यात्रा, डोटी सिलगढी मष्ट जाँत, गुँगा नवमी, ललितपुरमा भीम यात्रा, मुहूर्त : अग्निवास (यज्ञ र हवनादि), कलशचक्र
- ०५ गते : मुहूर्त : अग्निवास (यज्ञ र हवनादि), कलशचक्र