इन्फो नेपाल — सञ्चारको सञ्जाल

२४ लाख डोज कोरोना खोप क्याप्सुल निलेझै निले : ओली

हेटौडा । नेकपा एमालेका अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकारले २४ लाख डोज कोरोनाविरुद्धको खोप क्याप्सुल निलेझै निलेको आरोप लगाएका छन् । ‘वर्तमान सरकार विकास–विकास भनिरहेको छ, के को विकास हुनु विकास त उही, २४ लाख डोज भ्याक्सिन क्याप्सुल निलेझै स्वाट्टै निले’ उनले भने । मे दिवास २०७९ को अबसरमा मकवानपुर आएका ओलीले सम्बोधन गर्दै उनले कमिसन चाहिएर वर्तमान सरकारले निर्वाचनको बेलामा अर्बौं रकम पर्ने औषधी उपकरण खरिद गर्न लागेको समेत आरोप लगाए । उनले चुनावका बेला खरिद बिक्री रोक्न चेतावनी समेत दिए ‘कुन अस्पताललाई सिटीस्क्यान मेसिन चाहियो ? कुन अस्पताललाई के चाहियो त्यो त अघिल्यै सरकारले ल्याइसकेको छ’, ओलीले भने । सातवटा मन्त्रालय भएपुग्ने ठाउँमा १८ वटा बनाए र यो सरकार चुनाव गराउन पनि चाहाँदैनथ्यो । उनले भने । ओलीले गठबन्धनको चुनावी घोषणापत्रको समेत आलोचना गरे ।गठबन्धन सरकार खान र देशलाई कंगाल बनाउन जन्मिएको उनको आरोप छ । देश भरीका पर्तिक्रियाबादीहरु, जनविरोधीहरु, रास्ट्रघातीहरु, भ्रष्टाचारीहरु मोर्चा कसेर आएपनि एकै चोटी सोतरगराईदिने ओलीको भनाई थियो ।

सम्बन्धित समाचार

दानबहादुर कार्कीको रिटमा कारण देखाऊ आदेश

काठमाडाैँ । सर्वोच्च अदालतले निवर्तमान प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीलाई पदबाट हटाउने सरकारको निर्णयविरुद्ध दायर रिटमा कारण देखाऊ आदेश जारी गरेको छ। न्यायाधीश श्रीकान…

इन्फो डेस्क

पूर्वशिक्षामन्त्री सुमना श्रेष्ठले काठमाडौँ महानगरको मेयरमा उम्मेदवारी दिने

काठमाडाैँ । पूर्वशिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले आगामी स्थानीय तह निर्वाचनमा काठमाडौँ महानगरपालिकाको मेयर पदमा उम्मेदवारी दिने घोषणा गरेकी छिन्। ​बुधबार सामाजिक…

इन्फो डेस्क

जनताको समर्थनबाट एमाले पुनः सरकारमा फर्किन्छ : अध्यक्ष ओली

काठमाडाैँ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टी पुनः सरकारमा फर्किने दाबी गरेका छन्। बुधबार काठमाडौंमा सुरु भएको पार्टीको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै उनले जन…

इन्फो डेस्क