इन्फो नेपाल — सञ्चारको सञ्जाल

२४ वर्षका युवक बने एमालेको गाउँपालिका अध्यक्ष

गोरखामा नेकपा एमालेको भीमसेन थापा गाउँपालिका कमिटीको अध्यक्ष बनेका सुजन सिंखडा भर्खरै २४ बर्ष पुगेका छन् । यही कात्तिक ९ गते भएको पालिका अधिवेशनबाट उनी सर्वसम्मत गाउँपालिका अध्यक्षमा चयन भए । भीमसेनथापा गाउँपालिका–४ धावाका सिम्खडाले २०७० सालदेखि एमालेको विद्यार्थी राजनीति शुरु गरेका थिए । ‘स्कुले जीवनमा राजनीतितर्फ खासै रुची गएन,’ उनले भने, ‘एसएलसी सकेर चितवन पढ्न गएपछि विद्यार्थी राजनिति थालेको हुँ ।’ चितवनको नेपाल पोलिटेक्निक इन्स्टिच्यूट (एनपीआई) मा अध्ययन गर्दा २०७० सालमा पहिलो पटक एमालेको विद्यार्थी संगठन अनेरास्ववियुको साधारण सदस्य लिएको उनले बताए ।२०७१ सालमा उनी अनेरास्ववियू एनपीआई (सीटीईभीटी) को इकाइ कमिटी सदस्य बने । २०७३ साल साउन महिनामा कार्यवाहक अध्यक्षको जिम्मेवारी पाएका उनी त्यसै वर्ष भदौमा भएको इकाइ सम्मेलनबाट अध्यक्षमा सर्वसम्मत चयन भए । २०७४ सालमा गोरखा फर्किएका सिम्खडा स्थानीय तहको निर्वाचनमा सक्रिय भए । त्यतिबेला २१ वर्ष नपुगेका कारण जनप्रतिनिधिको उम्मेदवार बन्न नपाएको उनी बताउँछन् । ‘२१ बर्ष पुग्नुपर्ने रहेछ तर म त्यतिबेला २० पनि अलि पुगेको थिइनँ, त्यसैले टिकट पाइएन,’ सिम्खडाले भने ।२०७४ सालमा अनेरास्ववियुको सीटीईभीटी राष्ट्रिय कमिटी सदस्य बनेका उनी एमाले र माओवादी केन्द्र एकीकरण भएपछि २०७६ सालमा अनेरास्ववियू गोरखाको सहसंयोजक भए । उनी २०७७ साल पुस २५ गते अनेरास्ववियुको जिल्ला अध्यक्षमा सर्वसम्मत चयन भए । २०७७ सालदेखि नै उनले एमालेको भीमसेन थापा गाउँपालिकाको पार्टी सचिवको जिम्मेवारी पनि पाए । युवा उमेरमै पार्टीको गाउँपालिका अध्यक्ष बनेका सिम्खडा संगठन विस्तारमा दिनरात खट्ने बताउँछन् । ‘गत स्थानीय निर्वाचनमा भीमसेन थापा गाउँपालिकामा एमालेबाट कोही पनि जनप्रतिनिधि निर्वाचित भएनन्, अब पार्टीको संगठनलाई सुदृढ गर्दै आगामी निर्वाचनमा एमालेको प्रतिनिधि स्थापित गराउने लक्ष्य छ,’ उनले भने । RSS

सम्बन्धित समाचार

भीमफेदी सुमो दुर्घटना : मृतक र घाइतेको पहिचान खुल्यो

बिहीबार बिहान करिब ८ः३० बजे हेटौँडाबाट काठमाडौंतर्फ जाँदै गरेको ना१ज २१४३ नम्बरको सुमो अनियन्त्रित भई सडकबाट करिब सात मिटर तल राप्ती खोलामा खसेको थियो ।

बसन्त भण्डारी

रित्तिएका घरमा फर्कियो चहलपहल, पर्यटनले बदल्दै सुपिङको मुहार

हेटौँडा। कुनै समय परिवारका सदस्यको हाँसो, कुराकानी र दैनिकीले भरिएका घरहरू बिस्तारै सुनसान हुँदै गए। रोजगारी, शिक्षा र सुविधाको खोजीमा गाउँ छाड्नेहरू बढ्दै गएपछि आँगनमा झार उम्रिन…

घुमन्ते

English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

मुकुल ढकाल र निशा डाँगी विवाह बन्धनमा बाँधिँदै

मकवानपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पूर्वमहामन्त्री डा. मुकुल ढकाल र सहमहामन्त्री एवं प्रतिनिधिसभा सदस्य निशा डाँगी आगामी मंसिर १० गते विवाह बन्धनमा बाँधिने भएका छन्…

इन्फो डेस्क