इन्फो नेपाल — सञ्चारको सञ्जाल

हेटौँडामा २ हजार ८१ रुपैयाँमै आइएलटीएस कक्षा

हेटौँडा। राइटपाथ करिअर काउन्सिलिङले आयोजना गर्न लागेको 'ग्रान्ड एजुकेशन कन्क्लेभ २०२४' मा सहभागी हुने विद्यार्थीलाई आकर्षक अफरसमेत प्रदान गर्ने भएको छ। हेटौँडा-४, स्कूलरोडस्थित मारवाडी सेवा सदनको व्यापारिक कम्प्लेक्समा आयोजना हुने कन्क्लेभका लागि विदेशी विश्वविद्यालयका प्रतिनिधिहरूसमेत हेटौँडा आउने राइटपाथले जनाएको छ। कन्क्लेभमा सहभागी सबै विद्यार्थीलाई प्रक्रिया शुल्क निःशुल्क गरिनुका साथै ओम्याक्स हलको मुभि टिकेट पनि निःशुल्क प्रदान गरिने छ। त्यसैगरी कन्क्लेभमा सहभागी हुने विद्यार्थीहरूलाई आइएलटीएस परीक्षाको २ महिनाको कोर्स मात्र २ हजार ८१ रूपैयाँमा उपलब्ध गराइने राइटपाथका सञ्चालक मनिष अधिकारीले बताएका छन्। "विदेश जान चाहने विद्यार्थीलाई परामर्श दिनुका साथै आइएलटीएस परीक्षा तयारीका लागि सुलभ मूल्यमा कोर्स सिकाउने हाम्रो उद्देश्य रहेको छ," उनले भने। अधिकारीका अनुसार राइटपाथले मेलाका बेला विदेशी विश्वविद्यालयहरूको प्रतिनिधिहरूलाई पनि बोलाउने भएकाले विद्यार्थीहरू छात्रवृत्ति तथा कोर्स छनोटबारे पनि अनलाइन र भेटघाटवाटै जानकारी लिन सक्नेछन्।

सम्बन्धित समाचार

भीमफेदी सुमो दुर्घटना : मृतक र घाइतेको पहिचान खुल्यो

बिहीबार बिहान करिब ८ः३० बजे हेटौँडाबाट काठमाडौंतर्फ जाँदै गरेको ना१ज २१४३ नम्बरको सुमो अनियन्त्रित भई सडकबाट करिब सात मिटर तल राप्ती खोलामा खसेको थियो ।

बसन्त भण्डारी

रित्तिएका घरमा फर्कियो चहलपहल, पर्यटनले बदल्दै सुपिङको मुहार

हेटौँडा। कुनै समय परिवारका सदस्यको हाँसो, कुराकानी र दैनिकीले भरिएका घरहरू बिस्तारै सुनसान हुँदै गए। रोजगारी, शिक्षा र सुविधाको खोजीमा गाउँ छाड्नेहरू बढ्दै गएपछि आँगनमा झार उम्रिन…

घुमन्ते

English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

मुकुल ढकाल र निशा डाँगी विवाह बन्धनमा बाँधिँदै

मकवानपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पूर्वमहामन्त्री डा. मुकुल ढकाल र सहमहामन्त्री एवं प्रतिनिधिसभा सदस्य निशा डाँगी आगामी मंसिर १० गते विवाह बन्धनमा बाँधिने भएका छन्…

इन्फो डेस्क