इन्फो नेपाल — सञ्चारको सञ्जाल

३ सय ५० लाइसेन्स 'चेक' गर्दा सक्कली फेलै परेन

काठमाडौं | यातायात व्यवस्था विभागले गरेको एक अध्ययनमा जाँच गरिएका ३ सय ५० वटा सवारी चालक अनुमतिपत्र (लाइसेन्स) मध्ये एउटा पनि सक्कली फेला परेन । यो तथ्य विभागका महानिर्देशक उद्धव रिजालले सार्वजनिक गरेका हुन्।

विभागले गठन गरेको एक छानबिन समितिले २०७२ मंसिरयता जारी भएका १ लाख २ हजार ७ सय ११ वटा लाइसेन्स शंकास्पद रहेको प्रतिवेदन दिएको थियो। यी मध्ये ३ सय ५० वटा लाइसेन्सको विस्तृत अनुसन्धान गर्दा एउटा पनि सक्कली नभेटिएको हो।

यसैबीच, नक्कली लाइसेन्स प्रकरणमा थप कारबाही अघि बढेको छ। मंगलबार काठमाडौं जिल्ला अदालतमा यातायात व्यवस्था कार्यालय बुटवलका प्रमुख उपसचिव केशव अर्यालसहित १५ जनाविरुद्ध लिखत सम्बन्धी कसुरमा मुद्दा दायर भएको छ।

अभियुक्तहरूमा यातायात व्यवस्था कार्यालय बुटवलका कम्प्युटर अपरेटर लक्ष्मण पाण्डे (करार), पदमराज आचार्य, सुवास पौडेल, यातायात व्यवस्था कार्यालय कावासोती, नवलपरासीका कम्प्युटर अधिकृत रामकृष्ण श्रेष्ठ, र यातायात व्यवस्था कार्यालय कास्कीका कम्प्युटर अपरेटर विनोद भण्डारी लगायत रहेका छन्।

आरोपपत्र अनुसार, उनीहरूले विभागको विद्युतीय प्रणालीमा कुनै प्रक्रिया सुरु नगरेका, परीक्षामा सहभागी नभएका र पुरानो प्रणालीमा कुनै अभिलेख नभएका व्यक्तिहरूको नक्कली विवरण प्रविष्ट गरी लाइसेन्स वितरण गरेको पाइएको छ।

विभागका महानिर्देशक रिजालले चेतावनी दिए, "प्रक्रिया बाहिर गएर बनाइएका लाइसेन्स नक्कली हुन सक्छन् र त्यस्ता लाइसेन्स नवीकरण हुनेछैनन्। गलत प्रक्रियाबाट लाइसेन्स बनाउने व्यक्ति कुनै पनि बेला कानूनी कारबाहीमा पर्न सक्छन्।"

सम्बन्धित समाचार

भीमफेदी सुमो दुर्घटना : मृतक र घाइतेको पहिचान खुल्यो

बिहीबार बिहान करिब ८ः३० बजे हेटौँडाबाट काठमाडौंतर्फ जाँदै गरेको ना१ज २१४३ नम्बरको सुमो अनियन्त्रित भई सडकबाट करिब सात मिटर तल राप्ती खोलामा खसेको थियो ।

बसन्त भण्डारी

रित्तिएका घरमा फर्कियो चहलपहल, पर्यटनले बदल्दै सुपिङको मुहार

हेटौँडा। कुनै समय परिवारका सदस्यको हाँसो, कुराकानी र दैनिकीले भरिएका घरहरू बिस्तारै सुनसान हुँदै गए। रोजगारी, शिक्षा र सुविधाको खोजीमा गाउँ छाड्नेहरू बढ्दै गएपछि आँगनमा झार उम्रिन…

घुमन्ते

English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

मुकुल ढकाल र निशा डाँगी विवाह बन्धनमा बाँधिँदै

मकवानपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पूर्वमहामन्त्री डा. मुकुल ढकाल र सहमहामन्त्री एवं प्रतिनिधिसभा सदस्य निशा डाँगी आगामी मंसिर १० गते विवाह बन्धनमा बाँधिने भएका छन्…

इन्फो डेस्क