इन्फो नेपाल — सञ्चारको सञ्जाल

४० वर्षदेखि लुभुको खाली जग्गामा बलिरहेको छ ग्यास

काठमाडौं: ललितपुरको लुभुस्थित एउटा खाली जग्गामा चौबिसै घण्टा ग्यास बलिरहेको भिडिओ बेलाबेला चर्चामा आउने गर्छ। निजी व्यक्तिको नाममा रहेको उक्त जग्गामा झन्डै ४० वर्ष बढी समयदेखि ग्यास बलिरहेको स्थानीयहरू बताउँछन्। जग्गाधनी विदेशमा रहेपनि वरपरका मानिसहरू उक्त ग्यासमा खाना पकाउने, पानी तताउने गर्छन्। घाम अस्ताउन वित्तिकै मानिसहरू प्रेसर कुकर बोकेर खाना, दाल पकाउन पुग्ने गर्छन । नजिकै डेरामा बस्दै आएकी रेश्मा तामाङको यही ग्यासले पाँच वर्षदेखि खाना र दाल पकाउने काम थेगिदिएको छ। यो ग्यासले गर्दा घरमा रहेको ग्यास निकै फारो रहेको सुनाउँदै रेश्माले भनिन्, 'तरकारी चाहिँ पकाउन आउँदिन तर खाना, दाल पकाउन र पानी तताउन आउँछु। मिलाएर बसाल्यो भने सात वटा सम्म कुकर अट्छ।' यही ग्यासका कारण रेश्मालाई अन्त डेरा सरेर जान मन छैन। जाडो याममा पनि उनी यही ग्यासमा पानी तताएर बच्चाहरूलाई नुहाइदिन्छन्। 'जाडोको बेला रुघाखोकी लागिरहेको हुन्छ। त्यस्तो बेला यसमै पानी तताएर थर्मसमा राख्न पाइयो। यही सुविधाले गर्दा अन्त डेरा सरेर जाने सोच नै आउँदैन।' दोलखाकी यसोदा नेपालीले पनि दुई वर्षदेखि यही ग्यासमा मकै पोलेर परिवारको गुजरा चलाउँदै आएकी छन्। खानी तथा भूगर्भ विभागकी प्रवक्ता मोनिका झाले यस्तो ग्यास बल्ने ठाउँ काठमाडौं उपत्यकामा धेरै ठाउँ रहेको बताइन्। यसबारे जापानी कम्पनी जाइकाले सन् १९७८ मै अध्ययन गरेको उल्लेख गर्दै उनले भनिन्, 'त्यतिबेला अध्ययन गर्दा ३ सय मिलियन क्युबिक मिटर भन्दा बढी ग्यास रिजर्भ रहेको देखियो। र त्यसलाई पाइपलाइनमार्फत वितरण गर्न सकिन्छ भन्ने भयो। त्यो बेला प्रदर्शनीको लागि टेकु अस्पतालमा पाइपलाइनबाट वितरण पनि गरिएको थियो।' जाइकाले त्यतिबेला अध्ययन गर्दा टेकुसहित उपत्यकाका विभिन्न १४ वटा ठाउँहरूमा यस्ता मिथेन ग्यास रहेको पाइएको थियो। जसमा त्रिपुरेश्वर, कुलेश्वर, कालिमाटी, भृकुटीमण्डप, टेकु दोभान, ह्युमत कालिमाटी, शंखमुल, कोटेश्वर तीनकुने, जडिबुटी, टिकाथली, बालकुमारी र इमाडोल क्षेत्र पर्छन्। अहिले पनि यीमध्ये केहि ठाउँमा त्योबेला खनिएका इनारहरू सुरक्षित राखिएका छन्। यसरी भेटिएका ग्यासहरूलाई पाइपलाइनमार्फत वितरण गर्न सकिने देखिए पनि त्यसको सम्भाव्यता अध्ययन हुन सकेन। अहिले पनि यसबारे कुनै ठोस कदम अघि बढेको छैन। - सेतोपाती

सम्बन्धित समाचार

भीमफेदी सुमो दुर्घटना : मृतक र घाइतेको पहिचान खुल्यो

बिहीबार बिहान करिब ८ः३० बजे हेटौँडाबाट काठमाडौंतर्फ जाँदै गरेको ना१ज २१४३ नम्बरको सुमो अनियन्त्रित भई सडकबाट करिब सात मिटर तल राप्ती खोलामा खसेको थियो ।

बसन्त भण्डारी

रित्तिएका घरमा फर्कियो चहलपहल, पर्यटनले बदल्दै सुपिङको मुहार

हेटौँडा। कुनै समय परिवारका सदस्यको हाँसो, कुराकानी र दैनिकीले भरिएका घरहरू बिस्तारै सुनसान हुँदै गए। रोजगारी, शिक्षा र सुविधाको खोजीमा गाउँ छाड्नेहरू बढ्दै गएपछि आँगनमा झार उम्रिन…

घुमन्ते

English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

मुकुल ढकाल र निशा डाँगी विवाह बन्धनमा बाँधिँदै

मकवानपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पूर्वमहामन्त्री डा. मुकुल ढकाल र सहमहामन्त्री एवं प्रतिनिधिसभा सदस्य निशा डाँगी आगामी मंसिर १० गते विवाह बन्धनमा बाँधिने भएका छन्…

इन्फो डेस्क