इन्फो नेपाल — सञ्चारको सञ्जाल

४ हजार ४०० रुपैयाँमै बाइक किन्ने अवसर !

काठमाडौं । वीरगञ्ज भन्सार कार्यालयले ३५० बढी गाडी र मोटरसाइकल लिलामीमार्फत विक्री गर्ने भएको छ । भन्सार कार्यालयले विगत ४ वर्षदेखि चोरी पैठारी, कर छली गरेर ल्याएका विभिन्न सवारी तथा ढुवानीका साधन, तीनपांग्रे सवारी र मोटरसाइकल गरी ३५० थान बढी सवारीसाधन लिलामी गर्न लागेको हो । इच्छुक खरिदकर्ताले २१ दिन भित्र आफूले लिन चाहेको सवारीसाधन र मूल्य तोकी गोप्य शिलबन्दीमार्फत आवेदन दिनुपर्नेछ । खरिदकर्ताले आफूले कबोल गरेको मूल्यको १० प्रतिशत रकम समेत एभरेष्ट बैंकको भन्सार क्षेत्र वीरगञ्जमा जम्मा गर्नुपर्नेछ । भन्सारले मोटरसाइकलको मूल्य मोडल अनुसार न्यूनतम मूल्य तोकेको छ । जसमा हिराेहोन्डा स्प्लेन्डर, प्यासन, बजाज पल्सर, टीभीएस लगायतको मोटरसाइकलको न्यूनतम मूल्य नै ४ हजार ४०० रुपैयाँदेखि रहेको छ ।

सम्बन्धित समाचार

भीमफेदी सुमो दुर्घटना : मृतक र घाइतेको पहिचान खुल्यो

बिहीबार बिहान करिब ८ः३० बजे हेटौँडाबाट काठमाडौंतर्फ जाँदै गरेको ना१ज २१४३ नम्बरको सुमो अनियन्त्रित भई सडकबाट करिब सात मिटर तल राप्ती खोलामा खसेको थियो ।

बसन्त भण्डारी

रित्तिएका घरमा फर्कियो चहलपहल, पर्यटनले बदल्दै सुपिङको मुहार

हेटौँडा। कुनै समय परिवारका सदस्यको हाँसो, कुराकानी र दैनिकीले भरिएका घरहरू बिस्तारै सुनसान हुँदै गए। रोजगारी, शिक्षा र सुविधाको खोजीमा गाउँ छाड्नेहरू बढ्दै गएपछि आँगनमा झार उम्रिन…

घुमन्ते

English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

मुकुल ढकाल र निशा डाँगी विवाह बन्धनमा बाँधिँदै

मकवानपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पूर्वमहामन्त्री डा. मुकुल ढकाल र सहमहामन्त्री एवं प्रतिनिधिसभा सदस्य निशा डाँगी आगामी मंसिर १० गते विवाह बन्धनमा बाँधिने भएका छन्…

इन्फो डेस्क