इन्फो नेपाल — सञ्चारको सञ्जाल

६० लाखमा बनेको ‘सुँगुर’को प्रतिमा

उदयपुर । उदयपुरको बेलका नगरपालिकाले पर्यटन प्रवद्र्धन गर्न ६० लाख रुपैयाँ लागतमा सुँगुरको प्रतिमा बनाएको छ । बेलका– ७ मैनामैनीमा पर्यटन प्रवद्र्धन गर्ने भन्दै नगरपालिकाले बराह (सुँगुर) को प्रतिमा बनाएको हो । बराहको प्रतिमा बनाउनका लागि आर्थिक वर्ष २०७६÷७७ मा बजेट विनियोजन गरिएको नगरपालिकाले जनाएको छ । मेयर दुर्गाकुमार थापाले भने ‘अघिल्लो २ वर्षदेखि बनाउन शुरु गरिएको बराहको प्रतिमा निर्माणको काम लगभग सकिएको छ, दाह्रा, पुच्छर बनाउन र रंगरोगन गर्न बाँकी छ ।’ थापाका अनुसार बराह भनेको जंगली सुँगुर अर्थात बँदेल हो । बराहको प्रतिमा बनाएको क्षेत्र र प्रसिद्ध धार्मिक तीर्थस्थल बराहक्षेत्र तथा चतराधाम वारिपारि पर्छ । बीचबाट सप्तकोशी बगेको छ । नगरपालिकाको पहाडी क्षेत्र अर्थात अग्लो भागमा पर्ने यो क्षेत्रबाट हेर्दा सुनकोशी, अरुण र तमोरको संगम स्थल त्रिवेणी लगायतका क्षेत्र पनि देखिन्छ । त्यसैले यस क्षेत्रलाई पर्यटकीय क्षेत्रको रुपमा विकास गर्न बराहको प्रतिमा बनाएको उनले बताए । बराहको प्रतिमा नजिकै झरना पनि रहेको छ । बराहको प्रतिमा बनाएको ठाउँ नजिक मैनामैनी मन्दिर समेत रहेको छ । आन्तरिक पर्यटनको विकासका लागि पार्क बनाउने तयारीसमेत रहेको मेयर थापाले बताए ।

सम्बन्धित समाचार

भीमफेदी सुमो दुर्घटना : मृतक र घाइतेको पहिचान खुल्यो

बिहीबार बिहान करिब ८ः३० बजे हेटौँडाबाट काठमाडौंतर्फ जाँदै गरेको ना१ज २१४३ नम्बरको सुमो अनियन्त्रित भई सडकबाट करिब सात मिटर तल राप्ती खोलामा खसेको थियो ।

बसन्त भण्डारी

रित्तिएका घरमा फर्कियो चहलपहल, पर्यटनले बदल्दै सुपिङको मुहार

हेटौँडा। कुनै समय परिवारका सदस्यको हाँसो, कुराकानी र दैनिकीले भरिएका घरहरू बिस्तारै सुनसान हुँदै गए। रोजगारी, शिक्षा र सुविधाको खोजीमा गाउँ छाड्नेहरू बढ्दै गएपछि आँगनमा झार उम्रिन…

घुमन्ते

English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

मुकुल ढकाल र निशा डाँगी विवाह बन्धनमा बाँधिँदै

मकवानपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पूर्वमहामन्त्री डा. मुकुल ढकाल र सहमहामन्त्री एवं प्रतिनिधिसभा सदस्य निशा डाँगी आगामी मंसिर १० गते विवाह बन्धनमा बाँधिने भएका छन्…

इन्फो डेस्क