इन्फो नेपाल — सञ्चारको सञ्जाल

६ स्थानकाे नतिजा आउँन बाँकी, कहाँ कुन पार्टी अगाडी ?

काठमाडौं । प्रतिनिधिसभाका १६५ निर्वाचन क्षेत्रमध्ये ६ ठाउँको नतिजा आउँन बाँकी छ । ६ स्थानमध्य ३ स्थानमा भने मत गणना सुरू नै भएकाे छैन् । दोलखा, स्याङ्जा, बाजुरामा मतगणना सुरू भएकाे छैन्। इलाम १ मा अझै १२११९ मत गन्न बाँकी हुँदा गणना स्थगित भएकाे छ । यहाँ एमालेका महेश बस्नेतले नेकपा एसका सम्मानित नेतालाई निरन्तर पछाडि पारेका छन् । यसैरी, उदयपुर १ मा नेपाली कांग्रेसका नारायण खड्काले १७१३ ले लिड गर्दै अग्रता कायम राखेका छन् । खड्काको २१८३३ मत छ । एमालेकी मञ्जुकुमारी चौधरी २०१२० मत ल्याएर पछ्याइरहेकी छन् । सुनसरीका ४ वटा क्षेत्रमध्ये २ को नतिजा आइसकेको छ । सुनसरी १ मा राष्ट्रिय स्वतन्त्र पार्टीकी गोमा तामाङ १३,११७ मत ल्याएर अग्रस्थानमा छिन् । एमाले-जसपा गठबन्धनका अशोककुमार राईले १२७०७ र माओवादीका मुक्‍सामहाङ्ग सुब्‍बाको १०११६ मत रहेको निर्वाचन आयोगले जनाएको छ । सुनसरीको क्षेत्र नम्बर ३ मा एमालेकी भगवती चौधरीले निरन्तर लिड गरिरहेकी छन् । चौधरीको २२८४२ छ भने कांग्रेसका विजयकुमार गच्छदार ४५७५ मतले पछि पर्दै १८२६७ मतका साथ लम्किरहेका छन् । सुनसरी ४ मा भने विवादपछि रोकिएको गणना १७ घण्टा बित्दासम्म सुरू भएको छैन । अहिले मुख्य निर्वाचन अधिकृतको कार्यालयमा सर्वदलीय बैठक बसिरहेको छ । धाँधली भएको भन्दै गणनाको उत्तरार्द्धमा कांग्रेस उम्मेदवार सञ्चारमन्त्री कार्कीले पुनस् मतगणनाको माग गरेपछि यहाँ विवाद भएको थियो । आयोगका अनुसार पछिल्लो परिणाम अनुसार मन्त्री कार्की ९८ मतले मात्र अगाडि छन् । यता मधेसको धनुषा ४ मा नेपाली कांग्रेसका सह-महामन्त्री महेन्द्र यादव र नेकपा एमालेका सचिव रघुवीर महासेठबीच उछिनपाछिन चलिरहेको छ । अहिले यादव १०२१ मतले अगाडि छन् ।

सम्बन्धित समाचार

भीमफेदी सुमो दुर्घटना : मृतक र घाइतेको पहिचान खुल्यो

बिहीबार बिहान करिब ८ः३० बजे हेटौँडाबाट काठमाडौंतर्फ जाँदै गरेको ना१ज २१४३ नम्बरको सुमो अनियन्त्रित भई सडकबाट करिब सात मिटर तल राप्ती खोलामा खसेको थियो ।

बसन्त भण्डारी

रित्तिएका घरमा फर्कियो चहलपहल, पर्यटनले बदल्दै सुपिङको मुहार

हेटौँडा। कुनै समय परिवारका सदस्यको हाँसो, कुराकानी र दैनिकीले भरिएका घरहरू बिस्तारै सुनसान हुँदै गए। रोजगारी, शिक्षा र सुविधाको खोजीमा गाउँ छाड्नेहरू बढ्दै गएपछि आँगनमा झार उम्रिन…

घुमन्ते

English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

मुकुल ढकाल र निशा डाँगी विवाह बन्धनमा बाँधिँदै

मकवानपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पूर्वमहामन्त्री डा. मुकुल ढकाल र सहमहामन्त्री एवं प्रतिनिधिसभा सदस्य निशा डाँगी आगामी मंसिर १० गते विवाह बन्धनमा बाँधिने भएका छन्…

इन्फो डेस्क