इन्फो नेपाल — सञ्चारको सञ्जाल

७० करोड कमिशन खाने पर्यटनमन्त्री प्रेम आलेको योजनामा तीन जना बोर्ड सदस्य बाधक बनेपछि

काठमाडौँ, ११ माघ । नेपाल वायु सेवा निगममा ३ जना सञ्चालहरुलाई प्रवेश नै नदिई बैठक राखिएको खुलेको छ । बैठकमा प्रवेश नपाएका ३ जना सञ्चालक सदस्यहरुले आफूहरुलाई प्रवेश निषेध गरेर निगमको सञ्चालक समितिको बैठकमा राखिएको दाबी गरेका छन् । निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीले ३ सदस्यलाई प्रवेश निषेध गरेर निगमका अर्बौका योजनाहरु पारित गर्न खोजेको आरोप लागेको छ । अहिले मन्त्रालयमा तानिएका महाप्रबन्धक डिमप्रसाद पौडेलसहित सञ्चालक समिति सदस्यहरु ईश्वरी पौडेल र फुर ग्याल्जे शेर्पालाई निगमको मूल गेटमै कालो ब्यानर टाँगेर भित्र छिर्न नदिई अध्यक्ष अधिकारीले बैठक अघि बढाएका थिए । कोरम पुर्याएरै बैठक प्रवेश नपाएका ३ जना सञ्चालकहरुले आफूले इमेलबाट बैठकको सूचना पाएको तर, बैठकमा जाँदा मूल गेटमा कालो ब्यानर राखिएको बताएका छन् । उनीहरुले लिखित ध्यानाकर्षण पत्र सार्वजनिक गरेरै मूल गेटमै ताल्चा लगाएर आफूहरुलाई प्रवेश गर्न नदिएको बताएका छन् ।तर, निगम स्रोतले भने बैठकमा कोरम पुगेको बताएको छ । स१चालक समितिको बैठकमा निजी क्षेत्रबाट प्रतिनिधित्व गर्ने एक जना किशोर प्रधान मात्र सहभागी थिए । अर्थ मन्त्रालयका प्रतिनिधि महेश आचार्य र संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका प्रतिनिधि होमनाथ लुइँटेल पनि बैठकमा सहभागी भएपछि कोरम पुगेको थियो । तर, अध्यक्षले गरेको प्रस्तावमा सरकारी प्रतिनिधिहरुले असन्तुष्टि जनाएपछि निर्णय भने हुन सकेन । एमआरओ छनोटदेखि एजेन्ट नियुक्ति सम्मका एजेण्डा सञ्चालक समितिको बैठकमा मुख्य गरी २ वटा एजेण्डा थिए । पहिलो एजेण्डा थियो, निगमका विमानको इन्जिन बनाउन एमआरओ छनोट गर्ने । चीनको एक कम्पनीलाई एमआरओको जिम्मा दिने तयारीमा अध्यक्ष अधिकारी थिए । ३ अर्ब ५० करोडको यो काममा चिनियाँ कम्पनीले २० प्रतिशत कमिशन दिने भन्दै जतिसक्दो चाँडो यो निर्णय गराउने दाउमा अध्यक्ष रहेको स्रोत बताउँछ । तर, यो विषय अदालतमा विचारधीन रहेकाले अहिले नै निर्णय गर्न नहुनेमा बैठकमा जान नपाएका ३ जना र सरकारको तर्फबाट प्रनिधित्व गर्ने मन्त्रालयका अधिकारीहरुको एक स्वर भएपछि अध्यक्ष अधिकारीले निर्णय गराउन सकेका छैनन् । दोस्रो एजेण्डा थियो, केही गन्तव्यका लागि ‘थर्ड पार्टी एजेन्ट’ नियुक्त गर्ने । नाफामा उडान भईरहेको जापान, मलेसिया र हङकङमा तेस्रो पक्षलाई एजेण्ट नियुक्त गर्ने दाउमा पनि अध्यक्ष अधिकारी लागेका छन् । यी एजेण्डा पर्यटनमन्त्री प्रेम आलेको स्वार्थमा आएको निगम स्रोतको दाबी छ । निगमका विमानको इन्जिन बनाउन चिनियाँ कम्पनीलाई एमआरओको जिम्मा दिँदा ३ अर्ब ५० करोडको २० प्रतिशत अर्थात् ७० करोड कमिशन आउने उक्त कमिशनबाट मन्त्रीले आफूलाई साथ दिएका सञ्चालहरुलाई केही रकम छुट्याउने आश्वासन दिएकाले अध्यक्ष र केही सञ्चालक जतिसक्दो चाँडो यो काम टुङ्ग्याउने दाउमा रहेको स्रोतले बताएको छ । तर, बैठकमा सहभागी हुन नदिईएका ३ सञ्चालकले यी दुबै एजेण्डामा असहमित जनाएका छन् । उनीहरुले बैठकमा उपस्थित हुने वातावरण नभएको भन्दै प्रधानमन्त्री र पर्यटन मन्त्रीको समेत ध्यानाकर्षण गराएका छन् ।-जनता टाइम्स

सम्बन्धित समाचार

दानबहादुर कार्कीको रिटमा कारण देखाऊ आदेश

काठमाडाैँ । सर्वोच्च अदालतले निवर्तमान प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीलाई पदबाट हटाउने सरकारको निर्णयविरुद्ध दायर रिटमा कारण देखाऊ आदेश जारी गरेको छ। न्यायाधीश श्रीकान…

इन्फो डेस्क

पूर्वशिक्षामन्त्री सुमना श्रेष्ठले काठमाडौँ महानगरको मेयरमा उम्मेदवारी दिने

काठमाडाैँ । पूर्वशिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले आगामी स्थानीय तह निर्वाचनमा काठमाडौँ महानगरपालिकाको मेयर पदमा उम्मेदवारी दिने घोषणा गरेकी छिन्। ​बुधबार सामाजिक…

इन्फो डेस्क

Latest in English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

जनताको समर्थनबाट एमाले पुनः सरकारमा फर्किन्छ : अध्यक्ष ओली

काठमाडाैँ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टी पुनः सरकारमा फर्किने दाबी गरेका छन्। बुधबार काठमाडौंमा सुरु भएको पार्टीको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै उनले जन…

इन्फो डेस्क