इन्फो नेपाल — सञ्चारको सञ्जाल

७० पिस कट्टु प्रहरीको नियन्त्रणमा

मकवानपुर: भन्सार छलेर ल्याएको ७० पिस कट्टु प्रहरीले नियन्त्रणमा लिएको छ । मंगलबार दिउँसो हेटौँडाको रातोमाटेस्थित प्रहरी चौकीले ७० पिस कट्टुसहित अन्य लत्ताकपडा नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । प्रहरीले बीरगंजबाट हेटौँडातर्फ आउँदै गरेको बा ४ ख २१९१ नम्बरको बसको सुरक्षाजाँच गर्ने क्रममा ४० हजार रुपैयाँ बराबरको लत्ताकपडा नियन्त्रणमा लिएको हो । प्रहरीले गन्जी २० पिस, कुर्ता ३३ पिस, सुरुवाल १२ पिस, रेनकोट २१ सेट र टिसर्ट १५ पिस नियन्त्रणमा लिएको जनाएको छ । यस्तै प्रहरीले बुधबार राती ३० हजार रुपैयाँ बराबरको लत्ताकपडा नियन्त्रणमा लिएको छ । बीरगंजबाट नारायणघाटतर्फ जाँदै गरेको बा ४ ख ७०६८ नम्बरको बसमा सुरक्षाजाँच गर्दा ३० सेट कुर्ता सुरुवात नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

सम्बन्धित समाचार

भीमफेदी सुमो दुर्घटना : मृतक र घाइतेको पहिचान खुल्यो

बिहीबार बिहान करिब ८ः३० बजे हेटौँडाबाट काठमाडौंतर्फ जाँदै गरेको ना१ज २१४३ नम्बरको सुमो अनियन्त्रित भई सडकबाट करिब सात मिटर तल राप्ती खोलामा खसेको थियो ।

बसन्त भण्डारी

रित्तिएका घरमा फर्कियो चहलपहल, पर्यटनले बदल्दै सुपिङको मुहार

हेटौँडा। कुनै समय परिवारका सदस्यको हाँसो, कुराकानी र दैनिकीले भरिएका घरहरू बिस्तारै सुनसान हुँदै गए। रोजगारी, शिक्षा र सुविधाको खोजीमा गाउँ छाड्नेहरू बढ्दै गएपछि आँगनमा झार उम्रिन…

घुमन्ते

English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

मुकुल ढकाल र निशा डाँगी विवाह बन्धनमा बाँधिँदै

मकवानपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पूर्वमहामन्त्री डा. मुकुल ढकाल र सहमहामन्त्री एवं प्रतिनिधिसभा सदस्य निशा डाँगी आगामी मंसिर १० गते विवाह बन्धनमा बाँधिने भएका छन्…

इन्फो डेस्क