इन्फो नेपाल — सञ्चारको सञ्जाल

७३ जनाको ज्यान बचाउने पाइलट शेर्पालाई किन लगाइयो बिमान उडाउंन प्रतिबन्ध ?

काठमाडौं । नेपाल नागरिक उड्डन प्राधिकरणले ७२ घण्टाका लागि बुद्ध एयरका पाइलट आङगेलु शेर्पालाई उडान भर्न रोक लगाएको विषय उहाँको उडान क्षमतामाथि प्रश्न उठाइएको नभएकाे जनाएकाे छ । दुर्घटनाको नजिक पुगेपछि पाइलटलाई हुन सक्ने मा’नसि’क त’ना’वलाई ख्याल गर्दै शेर्पालाई केही दिन आराम गर्न बिदा दिइएको प्राधिकरणका निमित्त महानिर्देशक राजकुमार क्षेत्रीले बताउनुभयो । महानिर्देशक क्षेत्रीका अनुसार दुर्घटनाको नजिक पुगेपछि पाइलटलाई हुन सक्ने मा’नसि’क त’ना’वलाई ख्याल गर्दै उहाँलाई केही दिन आराम गर्न बिदा दिएको हो । उहाँको उडान क्षमतामाथि प्रश्न उठाइएको होइन । सोमबार बिहान काठमाडौंबाट विराटनगर उडेको बुद्ध एयरको ९–एनएएनआई एटीआर जहाज विराटनगर विमानस्थलमा अवतरण गर्न नसकेपछि पुनः काठमाडौं फर्किएको थियो । विमानको चक्का (ल्यान्डिङ गियर) डाउन नभएको र थ्री ग्रिन सिग्नल नबलेपछि पाइलट शेर्पाले विराटनगर विमानस्थलमा अवतरण गर्न सक्नुभएको थिएन । त्यसपछि काठमाडौं फर्किएको जहाज काठमाडौंको आकाशमा केही फन्को लगाएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमान स्थलमा पाइलट शेर्पाले सुरक्षित अवतरण गराउनुभएको थियो । आइकाओका नियम अनुसार नै पाइटल शेर्पालाई केही दिन आराम गर्न भनिएको उहाँले बताउनुभयो । ‘जोखिमपूर्ण उडान गर्दा आरामा चाहिने भएकाले शेर्पालाई आरामा गर्न भनिएको हो । जोखिमपूर्ण उडान पनि स्वाभाविक रुपमा आराम चाहिन्छ । यो आइकाओ मापदण्ड अनुसार हो ।’

सम्बन्धित समाचार

भीमफेदी सुमो दुर्घटना : मृतक र घाइतेको पहिचान खुल्यो

बिहीबार बिहान करिब ८ः३० बजे हेटौँडाबाट काठमाडौंतर्फ जाँदै गरेको ना१ज २१४३ नम्बरको सुमो अनियन्त्रित भई सडकबाट करिब सात मिटर तल राप्ती खोलामा खसेको थियो ।

बसन्त भण्डारी

रित्तिएका घरमा फर्कियो चहलपहल, पर्यटनले बदल्दै सुपिङको मुहार

हेटौँडा। कुनै समय परिवारका सदस्यको हाँसो, कुराकानी र दैनिकीले भरिएका घरहरू बिस्तारै सुनसान हुँदै गए। रोजगारी, शिक्षा र सुविधाको खोजीमा गाउँ छाड्नेहरू बढ्दै गएपछि आँगनमा झार उम्रिन…

घुमन्ते

English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

मुकुल ढकाल र निशा डाँगी विवाह बन्धनमा बाँधिँदै

मकवानपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पूर्वमहामन्त्री डा. मुकुल ढकाल र सहमहामन्त्री एवं प्रतिनिधिसभा सदस्य निशा डाँगी आगामी मंसिर १० गते विवाह बन्धनमा बाँधिने भएका छन्…

इन्फो डेस्क