पोखरा | जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले शनिबार (साउन २४) देशभर विभिन्न स्थानमा मध्यमदेखि भारी वर्षा हुने संभावना जनाएको छ।
काेशी प्रदेशमा दिउँसो हिमाली र पहाडी क्षेत्रमा धेरै स्थानमा मध्यमदेखि भारी वर्षा र तराईमा केही स्थानमा मध्यम वर्षा हुने अनुमान गरिएको छ। राति अधिकांश क्षेत्रमा मध्यम वर्षा जारी रहनेछ।
मधेश प्रदेशमा दिउँसो र राति दुवै समयमा तराईका केही स्थानमा मध्यम वर्षा हुने सम्भावना छ।
बागमती प्रदेशमा दिउँसो हिमाली र पहाडी क्षेत्रमा धेरै स्थानमा मध्यम वर्षा र तराईमा केही स्थानमा मध्यम वर्षा हुनेछ। राति पनि अधिकांश क्षेत्रमा मध्यम वर्षा हुने अनुमान छ।
गण्डकी प्रदेशमा दिउँसो हिमाली र पहाडी क्षेत्रमा धेरै स्थानमा मध्यम वर्षा र तराईमा केही स्थानमा मध्यम वर्षा हुनेछ। राति हिमाली क्षेत्रमा केही स्थान र पहाडी क्षेत्रमा केही स्थानमा मध्यमदेखि भारी वर्षा हुने सम्भावना छ।
लुम्बिनी प्रदेशमा दिउँसो र राति सबै भौगोलिक क्षेत्रमा केही स्थानमा मध्यम वर्षा हुने अनुमान छ।
कर्णाली प्रदेशमा दिउँसो हिमाली र पहाडी क्षेत्रमा केही स्थानमा मध्यम वर्षा र राति थोरै स्थानमा मध्यम वर्षा हुने सम्भावना छ।
सुदूरपश्चिम प्रदेशमा दिउँसो हिमाली, पहाडी र तराईका केही स्थानमा मध्यम वर्षा र राति थोरै स्थानमा मध्यम वर्षा हुने अनुमान गरिएको छ।
विभागले वर्षासँगै पहिरो, बाढी र नदी–नाला तथा साना खोलाहरूको जलस्तर बढ्ने जोखिम भएकाले आवश्यक सतर्कता अपनाउन सबैलाई आग्रह गरेको छ।



