अर्थ व्यापारआइपिओ निष्काशनका लागि २ कम्पनीलाई धितोपत्र बोर्डको स्वीकृति

आइपिओ निष्काशनका लागि २ कम्पनीलाई धितोपत्र बोर्डको स्वीकृति

काठमाडौं | जारी पूँजी ७५ करोड रहेको क्रेस्ट माइक्रो लाइफसँगै नेपालको पहिलो औषधी कम्पनी ओम मेगाश्री फर्मास्युटिकल्सले आइपिओ निष्काशन गर्न अनुमति पाएका छन् । माघ ४, बिहीबार धितोपत्र बोर्डले सूचना जारी गरी आइपिओ अनुमति दिएको जनाएको छ ।

ओम मेगाश्री फर्मास्युटिकल्सले प्रभु क्यापिटलको बिक्री प्रबन्धकत्वमा १८ करोड रुपैयाँ बराबरको १८ लाख कित्ता सेयर निष्काशन गर्ने छ । आइपिओ अनुमति पाउने नेपालको पहिलो औषधी कम्पनी ओम मेगाश्री हो ।

त्यसैगरी क्रेस्ट माइक्रो लाइफले जारी पूँजीको ३० प्रतिशतले हुन आउने २२ लाख ५० हजार कित्ता साधारण सेयर सर्वसाधारणका लागि जारी गर्ने भएको छ । प्रति सेयर रु.१०० अंकित मूल्यमा जारी गरिने सेयरको कुल मूल्य २२ करोड ५० लाख रुपैयाँ रहेको छ ।

धितोपत्र बोर्डको यस निर्णयसँगै दुबै कम्पनीले आगामी दिनमा आफ्नो आइपिओ निष्काशन गर्ने तयारी गरिरहेका छन् । यसले पुँजी बजारमा लगानीकर्ताहरुलाई नयाँ अवसर प्राप्त हुने विश्वास गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img