काठमाडौं | आज २०८२ साल असार ३२ गते बुधबार, साउन कृष्ण षष्ठी तिथि परेको छ। नेपाली पात्रोअनुसार असार महिनाको अन्तिम दिन पनि यही हो।
हिन्दु धर्मशास्त्रमा सातै दिनलाई फरक–फरक देवी–देवतासँग जोडिएको मानिन्छ। अधिकांश हिन्दु धर्मावलम्बीले हप्ताको कुनै न कुनै दिन विशेष पूजा र व्रत बस्ने गर्छन्।
बुधबारलाई ग्रहहरूको शान्तिका लागि महत्वपूर्ण मानिने बुध ग्रह र भगवान कृष्ण (विथोबा/विठ्ठल) को पूजा गरिने दिन मानिन्छ। पूजा गर्दा तुलसी पात प्रयोग गर्नुपर्ने मान्यता छ। बुधबार नयाँ कामको थालनीका लागि पनि शुभ मानिन्छ।
पुजापाठसँगै केही काम यस दिन गर्नाले समृद्धि मिल्ने विश्वास रहिआएको छ।
बुधबार गरिने परम्परागत कामहरू
- गाईलाई हरियो घाँस खुवाउनाले सबै देवी–देवताको कृपा प्राप्त हुन्छ भन्ने विश्वास छ।
- मुंगको दाल दान गर्दा दुःख–कष्ट टर्ने भनिन्छ।
- गणेशलाई सिन्दूर चढाउँदा मनोकामना पूरा हुने विश्वास गरिन्छ।
-
कुण्डलीमा बुध दोष भएका व्यक्तिले बुधबार गणेशलाई लड्डु चढाउँदा लाभ हुने धार्मिक ग्रन्थहरूमा उल्लेख छ।



