देशबागमती प्रदेशभीमफेदीमा वनभोज आएका पुरुषको खोलामा डुबेर मृत्यु

भीमफेदीमा वनभोज आएका पुरुषको खोलामा डुबेर मृत्यु

हेटौँडा |  मकवानपुरको भीमफेदी गाउँपालिका–१, भैंसेमा शनिबार वनभोजमा आएका एक पुरुषको खोलामा डुबेर मृत्यु भएको छ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डिएसपी) श्यामु अर्यालका अनुसार शनिबार दिउँसो ३ बजेतिर प्रहरीलाई घटना बारे जानकारी प्राप्त भएको थियो। त्यसपछि प्रहरी टोली घटनास्थल पुगेको डिएसपी अर्यालले बताए।

मृतक पर्सा जिल्लाको वीरगन्ज महानगरपालिका–५ घर भएका ५० वर्षीय पुरुषोत्तम शर्मा रहेको प्रहरीले पुष्टि गरेको छ। उनी वीरगन्जबाट साथीहरूसँग वनभोजका लागि भैंसे आएका थिए।

प्रहरीका अनुसार शर्मा राप्ती खोलामा नुहाउँदै गर्दा अचानक पानीको बहाव बढेपछि बगाएर डुबेका हुन्। उनलाई उद्धार गरी उपचारका लागि लैजाँदा डाक्टरले मृत घोषणा गरेको प्रहरीले जनाएको छ।

गर्मी याममा हेटौँडा–१ चौकीटोलदेखि भीमफेदी गाउँपालिका–१ भैंसेसम्म राप्ती खोलामा नुहाउन र वनभोजका लागि मानिसहरूको ठूलो भीड लाग्ने गर्दछ।

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img