इन्फो नेपाल — सञ्चारको सञ्जाल

भोटेकोशी करिडोरको सुरुङमा ३७ शव फेला

काठमाडौँ । भोटेकोशी करिडोरमा बाढीपहिरोबाट प्रभावित आयोजनाको सुरुङमा खोज तथा उद्धारका क्रममा ३७ जनाको शव फेला परेको नेपाली सेनाले जनाएको छ । सुरुङमा फसेका एक चिनियाँ नागरिकलाई भने ११औँ दिनमा जीवितै उद्धार गरिएको थियो । शुक्रबार भोटेकोशी एवं कालीगण्डकी करिडोर विपद्सम्बन्धी अध्ययन तथा अनुगमन संसदीय विशेष समितिको बैठकमा नेपाली सेनाका सहायक रथी सुवासजंग थापाले उद्धार कार्यबारे जानकारी दिएका हुन् । उनले सुरुङभित्र अत्यधिक हिलो, पानी र अक्सिजनको कमीका कारण खोजी कार्य जटिल बनेको बताए । थापाका अनुसार ९.७ किलोमिटर लामो सुरुङको नक्सा प्राप्त भएपछि दुई जना इन्जिनियरसँग समन्वय गरेर उद्धारको कार्ययोजना बनाइएको थियो । प्रारम्भिक निरीक्षणमा सुरुङ प्रवेशका दुईवटा सम्भावित स्थान मात्र भेटिएका थिए भने अन्य प्रवेशमार्ग पूर्ण रूपमा अवरुद्ध थिए । नेपाली सेना, चिनियाँ र कोरियन टोलीले संयुक्त रूपमा खोज तथा उद्धार अघि बढाएका थिए । पावरहाउस क्षेत्रमा रहेका करिब १२० देखि १३० कामदारमध्ये ११० जनालाई ४८ घण्टाभित्र हेलिकप्टरबाट उद्धार गरिएको थापाले जानकारी दिए । हेलिकप्टर अवतरण सम्भव नभएका क्षेत्रमा उद्धार टोली साँघुरो र हिलोयुक्त सुरुङबाट भित्र पसेको थियो । कतिपय स्थानमा कम्प्रेसर मेसिनको सहायताले अवरोध हटाउँदै खोजी गरिएको थियो । यसै क्रममा सुरुङको माथिल्लो भागमा ढलान भइरहेको स्थानबाट एक चिनियाँ नागरिकलाई ११औँ दिनमा सकुशल उद्धार गरिएको हो । थापाका अनुसार ती नागरिकले हेलमेटमा पानी जम्मा गरेर पिउने र सुरुङभित्र हिँडेर समय बिताउने गरेको प्रारम्भिक जानकारी दिएका थिए । अडिट–३ बाट अस्ट्रेलियन उद्धार टोलीको ड्रोन प्रयोग गरी करिब एक हजार ७०० मिटर भित्रसम्मको अवस्था अध्ययन गरिएको थियो । त्यसपछिको सुरुङ पूर्ण रूपमा अवरुद्ध भेटिएको सेनाले जनाएको छ । खोजीका क्रममा ठूला मेसिन, मिक्सर, एक्स्काभेटर र ट्रक थुप्रिएको अवस्थामा भेटिएका थिए । थापाका अनुसार सुरुङको करिब चार किलोमिटर क्षेत्रमा २१ फिट उचाइमध्ये १७ फिटसम्म पानी र लेदो जमेको छ । अडिट–१ क्षेत्रबाट पानी निकाल्ने विकल्पबारे आयोजना र इन्जिनियरिङ टोलीसँग छलफल भइरहेको छ । आयोजनामा कोरियन, चिनियाँ, भारतीय र नेपाली कामदार कार्यरत थिए । खोज तथा उद्धारका लागि हाल नेपाली सेनाका ४२ जना परिचालन गरिएको छ ।

सम्बन्धित समाचार

धादिङको रुबीभ्यालीमा बोलेरो जिप दुर्घटना हुँदा १ महिलाको मृत्यु, गम्भीर ६ घाइतेलाई हेलिकोप्टरबाट काठमाडौं लगियो

धादिङ । धादिङको रुबीभ्याली गाउँपालिका–४ स्थित कलदाङमा बोलेरो जिप दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ भने नौ जना घाइते भएका छन्। घाइतेमध्ये गम्भीर अवस्थाका ६ जनालाई थप उपचारका ल…

रित्तिएका घरमा फर्कियो चहलपहल, पर्यटनले बदल्दै सुपिङको मुहार

हेटौँडा। कुनै समय परिवारका सदस्यको हाँसो, कुराकानी र दैनिकीले भरिएका घरहरू बिस्तारै सुनसान हुँदै गए। रोजगारी, शिक्षा र सुविधाको खोजीमा गाउँ छाड्नेहरू बढ्दै गएपछि आँगनमा झार उम्रिन…

घुमन्ते

Latest in English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

आज बिहान काठमाण्डौ विश्वका प्रदूषित शहरहरुको सूचीमा ५औं स्थानमा

काठमाण्डौँ । काठमाण्डौ उपत्यकाको वायु प्रदूषण अस्वस्थकर स्तरमा पुगेको छ। अन्तर्राष्ट्रिय वायु प्रदूषण अनुगमन संस्था (आईक्यू एयर) ले आज बिहान सार्वजनिक गरेको तथ्याङ्कअनुसार काठमाण्ड…

इन्फो डेस्क