इन्फो नेपाल — सञ्चारको सञ्जाल

भरतपुरमा विद्युतीय कारको ठक्करबाट एक पैदलयात्रुको मृत्यु, दुई घाइते

चितवनको भरतपुरमा विद्युतीय कारको ठक्करबाट एक जना पैदलयात्रुको मृत्यु भएको छ भने अन्य दुई जना घाइते भएका छन्।

​जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार आज (शुक्रबार) बिहान ९ बजे भरतपुर महानगरपालिका–१६ स्थित फुर्तिचोकमा बा प्र ०१–०३४ च ९२२१ नम्बरको विद्युतीय कारले पैदल हिँडिरहेका तीन जनालाई ठक्कर दिएको हो।

​कारको ठक्करबाट गम्भीर घाइते भएकी भरतपुर–१५ की ३० वर्षीया पार्वती भुजेलको उपचारका क्रममा भरतपुर अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी चन्द्रभूषण यादवले जानकारी दिए।

​दुर्घटनामा घाइते भएका अन्य दुई जनाको भरतपुरस्थित चितवन मेडिकल कलेजको शिक्षण अस्पतालमा उपचार भइरहेको छ। प्रहरीका अनुसार दुवै घाइतेको अवस्था सामान्य रहेको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

सम्बन्धित समाचार

धादिङको रुबीभ्यालीमा बोलेरो जिप दुर्घटना हुँदा १ महिलाको मृत्यु, गम्भीर ६ घाइतेलाई हेलिकोप्टरबाट काठमाडौं लगियो

धादिङ । धादिङको रुबीभ्याली गाउँपालिका–४ स्थित कलदाङमा बोलेरो जिप दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ भने नौ जना घाइते भएका छन्। घाइतेमध्ये गम्भीर अवस्थाका ६ जनालाई थप उपचारका ल…

रित्तिएका घरमा फर्कियो चहलपहल, पर्यटनले बदल्दै सुपिङको मुहार

हेटौँडा। कुनै समय परिवारका सदस्यको हाँसो, कुराकानी र दैनिकीले भरिएका घरहरू बिस्तारै सुनसान हुँदै गए। रोजगारी, शिक्षा र सुविधाको खोजीमा गाउँ छाड्नेहरू बढ्दै गएपछि आँगनमा झार उम्रिन…

घुमन्ते

Latest in English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

आज बिहान काठमाण्डौ विश्वका प्रदूषित शहरहरुको सूचीमा ५औं स्थानमा

काठमाण्डौँ । काठमाण्डौ उपत्यकाको वायु प्रदूषण अस्वस्थकर स्तरमा पुगेको छ। अन्तर्राष्ट्रिय वायु प्रदूषण अनुगमन संस्था (आईक्यू एयर) ले आज बिहान सार्वजनिक गरेको तथ्याङ्कअनुसार काठमाण्ड…

इन्फो डेस्क