मकवानपुरकैलाश गाउँपालिकाकैलाश गाउँपालिकाले ८१ प्रतिशतभन्दा बढी बजेट खर्च

कैलाश गाउँपालिकाले ८१ प्रतिशतभन्दा बढी बजेट खर्च

हेटौँडा | कैलाश गाउँपालिकाले आर्थिक वर्ष २०८१/०८२ मा उपलब्ध बजेटको ८१ प्रतिशतभन्दा बढी खर्च गरेर जिल्लाकै उत्कृष्ट प्रगति गरेको छ।

गाउँपालिकाको मंगलबार भएको वार्षिक समीक्षा कार्यक्रममा आर्थिक प्रशासन शाखा प्रमुख नवीन धितालले ५१ करोड ६६ लाख ४० हजार रुपैयाँमध्ये ८१.४७ प्रतिशत रकम खर्च भएको जानकारी दिए। चालुतर्फको खर्च ८२.४९ प्रतिशत र पूँजीगत खर्च ७९.७६ प्रतिशत पुगेको छ।

संघीय कार्यक्रमअन्तर्गत प्राप्त रकमको खर्च ८६.५८ प्रतिशत र प्रदेश सरकारबाट आएका विभिन्न अनुदानमा ९४.२९ प्रतिशत खर्च भएको छ।

१० वडामध्ये सबैभन्दा अगाडि वडा नम्बर १० रहेको छ, जसले ९६.६१ प्रतिशत बजेट खर्च गरेको छ। त्यसपछि वडा नम्बर ४ ले ९१.१२ प्रतिशत र वडा नम्बर ५ ले ९०.३९ प्रतिशत खर्च गरेको छ। वडा नम्बर १ भने ६८.४७ प्रतिशत खर्चसहित सबैभन्दा पछाडि रहेको छ।

सामाजिक विकास क्षेत्रमा सबैभन्दा बढी ८५.८५ प्रतिशत खर्च भएको छ। पूर्वाधार विकासमा ७५.७५ प्रतिशत, आर्थिक विकासमा ७१.८८ प्रतिशत र कार्यालय प्रशासनमा ७८.३४ प्रतिशत खर्च भएको छ।

गाउँपालिका अध्यक्ष लोकबहादुर मुक्तानले जनप्रतिनिधि र कर्मचारीको समन्वयकै कारण राम्रो प्रगति भएको बताए। “सबै योजना समयमा पूरा गर्नुपर्छ, ढिलाइ अब सह्य हुँदैन,” उनले भने, “स्वास्थ्य र शिक्षामा राम्रो प्रगति भएको छ, आगामी वर्ष अझ बढी योजनासहित अघि बढ्छौं।”

उपाध्यक्ष बालकुमार मल्लले कर्मचारीको सक्रियताले विकासका कामले फड्को मारेको बताए। “बजेट कार्यान्वयनको गति अझै बढाउन आवश्यक छ,” उनले जोड दिए।

समीक्षा कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत अमुल श्रेष्ठ, वडा अध्यक्षहरू, कार्यवाहक अध्यक्ष, शाखा प्रमुख र कर्मचारीहरूको उपस्थिति थियो।

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img