Saturday, May 17, 2025
देशकोशी प्रदेशमोरङको रंगेलीमा ट्याक्टरले ठक्कर दिँदा वृद्धको मृत्यु
spot_img

मोरङको रंगेलीमा ट्याक्टरले ठक्कर दिँदा वृद्धको मृत्यु

spot_img

मोरङ / मोरङको रंगेलीमा ट्याक्टरले ठक्कर दिँदा शुक्रबार बिहान एक जना वृद्ध पुरुषको मृत्यु भएको छ ।

ट्याक्टरको ठक्करबाट रंगेली नगरपालिका–८ का ६८ वर्षीय नारायण राजवंशीको मृत्यु भएको हो । भित्री सडकखण्ड हुँदै पूर्वबाट पश्चिमतर्फ गइरहेको ना ६ त ५४९ नम्बरको ट्याक्टरले पैदल हिँडिरहेका राजवंशीलाई रंगेली नगरपालिका–८ दर्वेसामा ठक्कर दिएको थियो ।

ट्याक्टरले बिहान ठक्कर दिँदा उनको घटनास्थलमै मृत्यु भएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी रन्जनकुमार दाहालले जानकारी दिए । उनका अनुसार शवलाई पोस्टमार्टमका लागि रंगेली अस्पतालमा राखेर घटनाको अनुसन्धान थालिएको छ ।

घटनालगत्तै ट्याक्टर चालक मोरङको धनपालथान गाउँपालिका–४ का अन्दाजी २६ वर्षीय अजय चौधरी फरार भएका छन् । उनको खोजी जारी राखिएको र ट्याक्टर तथा सहचालक रंगेली–२ का अन्दाजी ३६ वर्षीय मोहमद अमिरलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

spot_img
spot_img
spot_img

प्रकाशित मिति :

प्रतिक्रिया दिनुहोस्

spot_img
ताजा
सिफारिस
बिज्ञापन
spot_img
spot_img