हेटाैँडा । नेपाली कांग्रेसका नेता तथा वाग्मती प्रदेशका पूर्वमुख्यमन्त्री इन्द्र बानियाँविरुद्ध पक्राउ पुर्जी जारी भएको छ। प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) स्रोतका अनुसार सम्पत्ति शुद्धीकरण कसुरमा अनुसन्धान गर्न गत साता उनीविरुद्ध पक्राउ अनुमति लिइएको हो।
सीआईबी स्रोतले पक्राउ पुर्जी जारी भएको जानकारी पाएलगत्तै बानियाँ फरार रहेको जनाएको छ। बानियाँ २०८२ साउनदेखि २०८३ भदौसम्म वाग्मती प्रदेशको मुख्यमन्त्री थिए।
यसअघि सीआईबीले ठगी र संगठित अपराध कसुरमा पूर्वमुख्यसचिव एकनारायण अर्यालविरुद्ध पनि पक्राउ अनुमति लिएको थियो। स्रोतका अनुसार अर्याल हाल फरार छन्।
त्यस्तै, नेपालबाट मलेसिया जाने श्रमिकहरूबाट कानुनविपरीत रकम असुली गरेको प्रकरणमा सीआईबीले पूर्वश्रममन्त्रीद्वय शेरबहादुर कुँवर र रामेश्वरराय यादवसहित ६ जनालाई पक्राउ गरिसकेको छ। उनीहरूले कानुनविपरीत नीतिगत निर्णयमार्फत एक अर्ब ६९ करोड दुई लाख २४ हजार २६ रुपैयाँ बराबरको विदेशी मुद्रा अपचलन गरेको सीआईबीको अनुसन्धानबाट खुलेको जनाइएको छ।