इन्फो नेपाल — सञ्चारको सञ्जाल

एनपीएलका ८ वटै टोलीका लागि फ्लडलाइटसहितको रङ्गशाला निर्माण गरिने, तीन महिनाभित्र प्रक्रिया सुरु हुने

काठमाडाैँ। सरकारले नेपाल प्रिमियर लिग (एनपीएल) मा सहभागी आठवटै टोलीका लागि फ्लडलाइटसहितको छुट्टाछुट्टै क्रिकेट रङ्गशाला निर्माण गर्ने भएको छ। प्रधानमन्त्री बालेन्द्र शाहले सामाजिक सञ्जालमार्फत अबको तीन महिनाभित्र रङ्गशाला निर्माणको प्रक्रिया अघि बढाइने जानकारी दिएका हुन्।

​एनपीएलको छैठौँ संस्करणदेखि प्रतियोगितालाई ‘होम एन्ड अवे’ प्रणालीमा सञ्चालन गर्ने लक्ष्यसहित सबै क्लबका लागि आफ्नै रङ्गशाला निर्माण गर्न लागिएको प्रधानमन्त्री शाहले उल्लेख गरेका छन्। तेस्रो संस्करणको उपाधि विजेता सुदूरपश्चिम रोयल्सलाई बधाई दिँदै उनले पूर्वाधार विकास मन्त्रालयमार्फत यी रङ्गशाला निर्माण गरिने बताएका छन्।

​प्रधानमन्त्री शाहका अनुसार धनगढीस्थित फाप्ला क्रिकेट रङ्गशाला निर्माणको प्रक्रिया अघि बढिसकेको छ भने बाँकी रङ्गशालाको प्रक्रिया आगामी तीन महिनाभित्र सुरु हुनेछ।

​योजनाअनुसार विराटनगर किङ्ग्सका लागि बैजनाथपुर, जनकपुर बोल्ट्सका लागि रामजानकी, काठमाडौँ गुर्खाजका लागि कीर्तिपुर र चितवन राइनोजका लागि गौतमबुद्ध क्रिकेट रङ्गशाला निर्माण गरिनेछ।

​त्यसैगरी, पोखरा एभेन्जर्सका लागि पोखरा, लुम्बिनी लायन्सका लागि सिद्धार्थ, कर्णाली याक्सका लागि सुर्खेत र सुदूरपश्चिम रोयल्सका लागि फाप्ला क्रिकेट रङ्गशाला निर्माण गर्ने सरकारको योजना छ। क्रिकेटको व्यावसायिक विकास र विस्तारका लागि आवश्यक पूर्वाधार तयार गर्न सरकार प्रतिबद्ध रहेको प्रधानमन्त्री शाहले जनाएका छन्।

सम्बन्धित समाचार

यूएईलाई हराउँदै नेपालकाे पहिलाे जीत

काठमाडाैँ । एशिया कप राइजिङ स्टार्स प्रतियोगितामा नेपालले संयुक्त अरब इमिरेट्स (यूएई) लाई ६ विकेटले हराउँदै पहिलो जीत हात पारेको छ । यूएईले दिएको १२२ रनको लक्ष्य नेपालले २२ ओभरमा ४…

एनपीएलको इलिमिनेटरमा आज चितवन र काठमाण्डौ खेल्दै

काठमाडाैँ । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको इलिमिनेटर खेलमा आज चितवन राइनोज र काठमाण्डौ गोर्खाजबीच प्रतिस्पर्धा हुँदैछ। खेल बेलुका ५ बजे कीर्तिपुरस्थित त्रिवि क्रिकेट रङ्गशाल…

इन्फो डेस्क

बागमती प्रदेश खेलकुद विकास परिषद्मा अधिकांश खेल संघ दर्ता छैनन्, पटक–पटकको सूचना बेवास्ता

मकवानपुर । बागमती प्रदेश खेलकुद विकास परिषद्मा अधिकांश खेल संघसंस्थाले दर्ता, आबद्धता तथा नवीकरण प्रक्रिया पूरा गरेका छैनन्। पटक–पटक सूचना जारी गरे पनि संघहरूले बेवास्ता गरेपछि परि…

इन्फो डेस्क