इन्फो नेपाल — सञ्चारको सञ्जाल

आज देशका अधिकांश स्थानको मौसम सफा

काठमाडाैँ । आज काठमाडौँ उपत्यकासहित देशका धेरैजसो स्थानको मौसम सफा रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल मधेश प्रदेश तथा कोशी र गण्डकी प्रदेशका हिमाली भूभागमा आंशिक बादल लागेको छ भने बाँकी क्षेत्रको मौसम मुख्यतया सफा छ।

​महाशाखाका अनुसार आज दिउँसो कोशी प्रदेशको तराई क्षेत्रका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ।

​यस्तै, आज राति कोशी, गण्डकी र सुदूरपश्चिम प्रदेशका उच्च हिमाली भूभागका एक–दुई स्थानमा हल्का वर्षा र हिमपात हुन सक्ने महाशाखाले जनाएको छ।

​पछिल्ला केही दिनयता तराई क्षेत्र, उपत्यका तथा खोँचहरूमा बिहानको समयमा हुस्सु र कुहिरो लाग्ने क्रम जारी छ। आज बिहान पनि तराई तथा उपत्यकाका केही स्थानमा हुस्सु र कुहिरो लागेको छ।

सम्बन्धित समाचार

कोशी र गण्डकीका हिमाली भू–भागमा हल्का वर्षा र हिमपातको सम्भावना

काठमाडाैँ । आज कोशी र गण्डकी प्रदेशका हिमाली क्षेत्रका एक–दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। यस्तै, आ…

इन्फो डेस्क

आज विराटनगरको हावा अत्यधिक दूषित,देशका धेरैजसो शहरमा प्रदूषण बढ्यो

काठमाण्डौँ । काठमाडौँ उपत्यकासहित देशका विभिन्न सहरमा वायु प्रदूषणको मात्रा ह्वात्तै बढेको छ। आज बिहान देशका अन्य सहरहरूको तुलनामा विराटनगरको वायु सबैभन्दा बढी अस्वस्थ मापन गरिएको…

इन्फो डेस्क

अबको दुई हप्ता देशभर मौसम सफा रहने

काठमाडाैँ । पश्चिमी न्यूनचापीय प्रणाली निष्क्रिय भएसँगै अबको करिब दुई हप्तासम्म देशका अधिकांश स्थानको मौसम सफा रहने भएको छ। हिजो (आइतबार) केही स्थानमा वर्षा र हिमपात गराएको उक्त प्…

इन्फो डेस्क