इन्फो नेपाल — सञ्चारको सञ्जाल

यूएईलाई हराउँदै नेपालकाे पहिलाे जीत

काठमाडाैँ । एशिया कप राइजिङ स्टार्स प्रतियोगितामा नेपालले संयुक्त अरब इमिरेट्स (यूएई) लाई ६ विकेटले हराउँदै पहिलो जीत हात पारेको छ ।

यूएईले दिएको १२२ रनको लक्ष्य नेपालले २२ ओभरमा ४ विकेट गुमाएर भेटायो । नेपालका कुशल भुर्तेलले ५७, मयन यादवले २७ रन बनाए । यूएईका मुहम्मद मोहसिनले २ विकेट लिए ।

यसअघि कतारको दोहामा टस हारेर ब्याटिङ गरेको यूएईले ३९ ओभर ५ बलमा १२१ रन बनाउँदा सबै विकेट गुमाएको थियो । यूएईका मुहम्मद शाहदादले सबैभन्दा धेरै ४० रन बनाए । नेपालका कप्तान सन्दीप लामिछाने र कुशल भुर्तेलले ३/३ विकेट लिए ।

एशिया कप राइजिङ स्टार्समा नेपालको यो दोस्रो खेल हो । नेपाल पहिलो खेलमा भारत ‘ए’ सँग ३०६ रनले पराजित भएको थियो ।

५० ओभरको प्रतियोगितामा ८ वटा टोलीको सहभागिता रहेको छ । नेपाल समूह ‘बी’ मा रहेको छ । यो समूहमा नेपालसहित भारत ‘ए’, पाकिस्तान ‘ए’ र संयुक्त अरब इमिरेट्स (यूएई) छन् । समूह ‘ए’ मा श्रीलङ्का ‘ए’, बङ्गलादेश ‘ए’, अफगानिस्तान ‘ए’ र हङकङ छन् ।

आज नेपालले एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा आफ्नाे १००औँ खेल खेलेकाे हो । नेपालले सन् २०१८ मा एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता पाएको थियो । नेपालले त्यही वर्षको अगस्टमा पहिलो एकदिवसीय अन्तर्राष्ट्रियमा नेदरल्यान्ड्सँग खेलेको थियो । त्यो खेलमा नेपाल पराजित भएको थियो ।

यस्तै आजको खेलमा नेपालबाट लोकेश बम, राशिद खान र मयन यादवले एकदिवसीय अन्तर्राष्ट्रियमा डेब्यु गरेका छन् ।

सम्बन्धित समाचार

एनपीएलका ८ वटै टोलीका लागि फ्लडलाइटसहितको रङ्गशाला निर्माण गरिने, तीन महिनाभित्र प्रक्रिया सुरु हुने

काठमाडाैँ। सरकारले नेपाल प्रिमियर लिग (एनपीएल) मा सहभागी आठवटै टोलीका लागि फ्लडलाइटसहितको छुट्टाछुट्टै क्रिकेट रङ्गशाला निर्माण गर्ने भएको छ। प्रधानमन्त्री बालेन्द्र शाहले सामाजिक…

एनपीएलको इलिमिनेटरमा आज चितवन र काठमाण्डौ खेल्दै

काठमाडाैँ । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको इलिमिनेटर खेलमा आज चितवन राइनोज र काठमाण्डौ गोर्खाजबीच प्रतिस्पर्धा हुँदैछ। खेल बेलुका ५ बजे कीर्तिपुरस्थित त्रिवि क्रिकेट रङ्गशाल…

इन्फो डेस्क

बागमती प्रदेश खेलकुद विकास परिषद्मा अधिकांश खेल संघ दर्ता छैनन्, पटक–पटकको सूचना बेवास्ता

मकवानपुर । बागमती प्रदेश खेलकुद विकास परिषद्मा अधिकांश खेल संघसंस्थाले दर्ता, आबद्धता तथा नवीकरण प्रक्रिया पूरा गरेका छैनन्। पटक–पटक सूचना जारी गरे पनि संघहरूले बेवास्ता गरेपछि परि…

इन्फो डेस्क