सुनसरी / मोरङ जिल्लाको बेलबारी नगरपालिका ८ को जङ्गलको बिच रोडको दक्षिण पट्टि पेट्रोल खानी भनेर लेखेको साइनबोर्डको सपना जिउँदै छ ।
सोही गाविसका कपिल रिजाल ३४ वर्ष हुँदाको एउटा घटना अहिले पनि सम्झिराख्छन् । एक दिन उनको गाउँमा देशी–विदेशी मान्छेको ठूलै हूल आइपुग्यो । छरछिमेकीबाट थाहा पाए, यो ठूलो डफ्फा तेल (पेट्रोल) निकाल्न आएका हुन् रे । जमिनमुनिबाट कसरी पेट्रोल निकाल्लान् ? व्यापार कसरी गर्लान् ? सारा प्रश्नले उनलाई रोमाञ्चित बनाउँथ्यो । तर, ७० वर्ष पुग्दासम्म पनि उनले यी प्रश्नको उत्तर पाएका छैनन् ।
बाहुनीको ९ वाडमा पर्ने राजा वीरेन्द्रले पेट्रोल खानीको अन्वेषण गराएर पेट्रोलियम पदार्थ भएको पत्ता लागेपछि त्यसलाई उत्खनन गरी देशलाई पेट्रोलियम पदार्थमा आत्मनिर्भर बनाउने योजना बनाएका थिए।
तर भारत भने आफ्नो बजार गुम्ने कारणले नेपालले आफ्नै देशमा पेट्रोलको उत्खनन् नगरोस् भनेर निकाल्नै परे नेपालका पेट्रोल खानीहरुमा भारतकै कम्पनी र व्यापारीहरुको हालीमुहाली होस् भन्ने ऊ चाहन्थ्यो।
प्रम मरिचमान सिंहको पालामा यो पेट्रोल खानीलाई उत्खनन गर्न नहुने भनेर भारतले नेपाललाई दबाब दिइरहेको थियो तर काम भैरहेको थियो तर पछि भएन ।२०४६ सालको आन्दोलनपछिको बहुदलीय अन्तरिम सरकारले भारतलाई खुसी पार्न सो काम रोक्यो । आफ्नो आन्दोलनमा सहयोग गरेको कारणले भारत रिसाउला भनेर विगत ३२ वर्षमा कुनै पनि दलका सरकारले यो पेट्रोल खानीपट्टि फर्केर पनि हेरेनन्।
अचेल यो पेट्रोल खानी भएको ठाउँको खाडल पुरेर तारजालीले घेरिएको छ । त्यहाँ स्थानीय तेल निस्किने भो भनेर बि.स २०४५ सालतिर स्थानीय खुसि भए चिनियाँ टोली आएर विस्फोट पनि गरायो तर खानीको काम बीचमै किन छोडियो भन्ने प्रश्नको जवाफ अहिलेसम्म कसैले दिन सकेका छैनन् ।
पेट्रोल निकाल्ने ठेक्का चिनियाँले पाएको खबर गाउँमा फैलियो । नभन्दै केही दिनमा चिनियाँ गाउँमा देखा परे । तिनीहरूले घेराबारा गरेर करिब ३ बिघा ३ कट्ठा जमिन अधिग्रहण गरे ।
पूर्वकै सहर भनेर चिनिने इटहरीबाट करिब २ घण्टामा पूर्वपश्चिम राजमार्ग हुँदै केही किमि दक्षिणतिर लागेपछि पुगिन्छ त्यहा । कर्मचारी र श्रमिकको भीड, झिलिमिली बत्तीको चमक अनि तयारी घर र होटलको रौनकले यो देहात अचानक बजारमा परिणत भयो ।
भारतले नाकाबन्दी गरेपछि स्वदेशबाटै पेट्रोल उत्खनन गर्ने तत्कालीन सरकारको योजना मुताविक नै यहाँ काम अघि बढाइएको थियो । जब देशमा इन्धनको हाहाकार हुन्छ वा भारतले नाकाबन्दी लगाउँछ, तब यो गाउँको चर्चा फेरि सुरु हुन्छ । ‘२०७२ को नाकाबन्दीका बेला त यो क्षेत्र ज्यादै चर्चित बन्यो,’ स्थानीय प्रकाश सिम्खडाले सुनाए, ‘हाम्रा गाउँबाट सरकारले तेल निकाल्ने भन्ने हल्ला भएछ क्यारे, मान्छेको हूल थामिनसक्नु हुन्थ्यो ।’
स्थानीय भने खानीको नाममा आफूहरूलाई बारम्बार झुक्याउने काम भइरहेको बताउँछन् । भरखरै सकिएको आमनिर्वाचनका उम्मेदवारले पेट्रोल खानीलाई चुनावी एजेन्डा त बनाएनन् तर खानी पुनः उत्खनन गरी तेल निकाल्ने आश्वासन भने बाँडिछाडे । ‘नेताहरू तेल निकाल्छु मात्रै भन्छन्,’ स्थानीय हर्क राईले भने, ‘छ भने छ भन्नुपरो, छैन भने छैन, यो जनता झुक्याउने काम अब बन्द गर्नुपर्यो भने ।’
त्यहाँ करिब ३,५४० मिटर गहिरो पाइप भसाइएको थियो । मैदानभर पाइप थिए । २०४५ सालतिरको यो घटना सुनाउँदा अहिले पनि स्थानीय रोमाञ्चित भएजस्तो देखिन्छन् ।




