काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्रतिनिधिसभा समानुपातिकतर्फका सासंद टुंगो लगाएको छ । शनिबार बसेको पार्टीकाे बैठकले समानुपातिक सासंदको सूची तयार गरी आयोगमा बुझाउन लागेको हाे ।
प्रतिनिधसभा प्रत्यक्षतर्फ ७ सिटमा बाजी मारेकाे रास्वपाले समानुपातिकमा १३ सिट पाएको छ । रवि लामिछाने नेतृत्वकाे रास्वपा प्रदेशसभा निर्वाचनमा भने सहभागी भएकाे थिए ।
सांसद्काे सूची
- डा.ढाका कुमार श्रेष्ठ (आदिवासी पुरूष)
- इन्दिरा राना मगर (आदिवासी महिला)
- सुमना श्रेष्ठ (आदिवासी महिला)
- डोल प्रसाद अर्याल (खस आर्य पुरूष)
- डा चन्दा कार्की (खस आर्य महिला)
- निशा डांगी (खस आर्य महिला)
- असिम साह (मुस्लिम पुरुष)
- मनिष झा (मधेसी पुरूष)
- अशोक चौधरी (थारु पुरुष)
- तपेश्वर यादव (मधेशी पुरुष)
- सन्तोष परियार (दलित पुरुष)
- कल्पना रोक्का (दलित महिला)
- विनिता कठायत (पिछडिएको वर्ग महिला)