Saturday, October 5, 2024
समाजबालेनलाई बाबुरामको कडा चेतावनी

बालेनलाई बाबुरामको कडा चेतावनी

काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) लाई चेतना भया भन्दै कडा चेतावनी दिनुभएको छ ।

महानगरले बल प्रयोग गरी गरिब तथा फुटपाथ व्यवसायीलाई लखेट्ने क्रम जारी राखे एकदिन विस्फोट हुने चेतावनी भट्टराईले दिनुभएको हो ।

काठमाडौँ महानगरमा नगर प्रहरीहरूले फुटपाथ व्यवसायीलाई लखेटिरहेको भिडिओ सामाजिक सञ्जालमा सेयर गर्दै भट्टराईले फुटपाथ व्यवसायीको व्यवस्थापन र पुनःस्थापना यसको समाधान भएको सुझाव पनि दिनुभएको छ । लाठी र बन्दुकको बलमा उनीहरूलाई लखेट्ने काम नरोकिए विस्फोट हुने चेतावनी उहाँको छ ।

डा. भट्टराईले सामाजिक सञ्जालमा लेख्नुभएको छ, ‘Urban&Regional Development Planning को विद्यार्थीको नाताले भन्छु -सहरीकरण, अनौपचारिक श्रम/अर्थतन्त्र, धनी/गरिबको विभेदीकरण संक्रमणकालीन समाज/अर्थतन्त्रको संरचनात्मक समस्या हो। यसको दिगो समाधान लाठीरबन्दुक हैन, योजनाबद्ध व्यवस्थापन र उचित पुनर्स्थापना हो। नत्र विस्फोट हुन्छ। चेतना भया !’

spot_img
spot_img

प्रकाशित मिति :

प्रतिक्रिया दिनुहोस्

Advertisement
spot_img

सिफारिस

spot_img