समाजकुखुराको मासुको मूल्य प्रतिकिलो ३५० रुपैयाँ कायम

कुखुराको मासुको मूल्य प्रतिकिलो ३५० रुपैयाँ कायम

काठामाडौं । काठमाडौं उपत्यकामा ब्रोइलर कुखुराको मासुको खुद्रा बिक्री मूल्य प्रतिकिलो ३५० रुपैयाँ कायम गरिएको छ। राष्ट्रिय कुखुरा बिक्री व्यवसायी संघले मंगलबार (कात्तिक १७ गते) देखि लागू हुनेगरी काठमाडौं, भक्तपुर र ललितपुरमा उक्त मूल्य निर्धारण गरेको हो।

संघका अध्यक्ष जंगबहादुर बिसीले उपत्यकामा ब्रोइलर कुखुराको मासुको मूल्य प्रतिकिलो ३५० रुपैयाँ तोकिएको जानकारी दिए। उनका अनुसार निर्धारित मूल्यमै मासु बिक्री गर्न व्यवसायीहरूलाई परिपत्र जारी गरिएको छ।

पोल्ट्रीमञ्च नेपालका सञ्चालक दिपेश लामिछानेले पनि कात्तिक १७ गतेदेखि काठमाडौं उपत्यकामा नयाँ खुद्रा मूल्य लागू भएको जानकारी दिएका छन्।

संघले तोकिएको मूल्यभन्दा बढी रकम लिएर मासु बिक्री नगर्न व्यवसायीहरूलाई आग्रह गरेको छ। निर्धारित मूल्यभन्दा बढीमा मासु बिक्री गरेको पाइए उपभोक्ताले ९८४१५६१५१७ र ९८४१३३८७१९ नम्बरमा सम्पर्क गरी उजुरी गर्न सक्नेछन्।

संघले उपभोक्तालाई मासु खरिद गर्दा निर्धारित मूल्यबारे जानकारी राख्न र व्यवसायीहरूलाई मूल्यसूचनाअनुसार कारोबार गर्न आग्रह गरेको छ।

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार