Monday, May 12, 2025
खेल समाचार५ पटककाे विजेता ब्राजिललाई पेनाल्टी शुट आउटमा हराउँदै क्राेएसिया विश्व कपकाे सेमिफाइनलमा
spot_img

५ पटककाे विजेता ब्राजिललाई पेनाल्टी शुट आउटमा हराउँदै क्राेएसिया विश्व कपकाे सेमिफाइनलमा

spot_img

काठमाण्डाै – पाँच पटककाे विजेता ब्राजिललाई पेनाल्टी शुट आउटमा हराउँदै क्राेएसिया विश्व कप फुटबलकाे सेमिफाइनलमा पुगेकाे छ । कतारकाे एजुकेशन सिटी स्टेडियममा भएकाे खेलमा क्राेएसियाले ब्राजिललाई चार–दुई गाेलले हरायाे ।

यसअघि निर्धारित ९० मिनेटमा गाेल हुन नसकेपछि ३० मिनेट थपिएकाे थियाे । थपिएकाे समयमा ब्राजिलका लागि नेयमारले गाेल गरे । तर त्याे अग्रता धेरै बेर टिकेन । क्राेएसियाका लागि ब्रुनाे पेटकाेभिकले गाेल गर्दै खेल एक–एककाे बराबरीमा पुर्‍याए । त्यसपछि खेल पेनाल्टी शुट आउटमा पुगेकाे हाे ।

ब्राजिलले सन् १९५८, १९६२, १९७०, १९९४ र २००२ मा विश्व कपकाे उपाधि जितेकाे थियाे ।

spot_img
spot_img
spot_img

प्रकाशित मिति :

प्रतिक्रिया दिनुहोस्

spot_img
ताजा
सिफारिस
बिज्ञापन
spot_img
spot_img