समाजसंविधानसभाका अध्यक्ष सुवासचन्द्र नेम्बाङको निधन

संविधानसभाका अध्यक्ष सुवासचन्द्र नेम्बाङको निधन

काठमाडौँ — संविधानसभाका अध्यक्ष एवं पूर्व सभामुख सुवासचन्द्र नेम्बाङको निधन भएको छ । काठमाडौंको बालुवाटारस्थित आफ्नै निवासमा हृदयघात भएपछि अस्पताल लैजाने क्रममा निधन भएको अस्पताललाई उदृत गर्दै एमाले प्रमुख सचेतक पदम गिरिले जानकारी दिए ।

उलाई त्रिवि शिक्षण अस्पतालमा लगिएको थियो । अहिले उनको पार्थिव शरिर त्रिवि शिक्षण अस्पतालमा छ । उनको निधनको खबरपछि एमाले नेताहरु शिक्षण अस्पताल पुगेका छन् । एमाले उपाध्यक्ष समेत रहेका नेम्बाङ २०६४ साल र २०७० सालको दुवै संविधानसभाका अध्यक्ष थिए । उनी हाल इलाम-२ बाट प्रतिनिधि सभामा निर्वाचित सांंसद हुन् ।

एमाले अध्यक्ष केपी शर्मा ओली लगायतका नेताहरु अहिले त्रिवि शिक्षण अस्पताल पुगेका छन् ।

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img