समाजधनुषामा सडकको खाल्डोमा डुबेर दुई बालकको मृत्यु

धनुषामा सडकको खाल्डोमा डुबेर दुई बालकको मृत्यु

जनकपुरधाम | धनुषाको कमला नगरपालिकामा निर्माणाधीन सडकको खाल्डोमा पानी जम्दा डुबेर दुई बालकको मृत्यु भएको छ।

मंगलबार दिउँसो कमला नगरपालिका–२ सराबे टोलका दुई बालक—रामबाबु साहका ७ वर्षीय छोरा रितिक साह र उनका भाइ श्यामबाबु साहका ५ वर्षीय छोरा रितिश साहको ज्यान गएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ।

प्रहरीका अनुसार करिब १५ दिनअघि मात्र निर्माण थालिएको कृषि सडकको छेउमा खनिएको खाल्डोमा वर्षाले पानी जमेको थियो। त्यही पानीमा डुबेर दुवै बालकको मृत्यु भएको हो।

बालकहरू दिउँसो घरबाट खेल्न निस्किएका थिए। अबेरसम्म घर नफर्किएपछि खोजतलास गर्दा उनीहरू निर्माणाधीन सडकको खाल्डोमा मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ।

स्थानीयले लापरवाहीपूर्ण सडक निर्माण र खाल्डो खुला छाडिएको भन्दै आक्रोश व्यक्त गरेका छन्। घटना अनुसन्धानका लागि प्रहरीले थप विवरण संकलन गरिरहेको छ।

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img