समाजघुस प्रकरणमा मुछिएका मन्त्री गुप्ताको राजीनामा

घुस प्रकरणमा मुछिएका मन्त्री गुप्ताको राजीनामा

काठमाडौं | संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले घुस लिएको अडियो सार्वजनिक भएपछि सोमबार राजीनामा दिएका छन्। प्रधानमन्त्रीको निर्देशनपछि गुप्ताले सामाजिक सञ्जालमार्फत आफूले पद त्यागेको घोषणा गरेका हुन्।

सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै गुप्ताले आफूमाथि लागेको आरोपको निष्पक्ष छानबिनमा सहयोग पुगोस् भनेर राजीनामा दिएको उल्लेख गरेका छन्। ‘कहिलेकाहीँ नखाएको विष पनि लाग्दो रहेछ,’ उनले लेखेका छन्, ‘अब सत्यतथ्य बाहिर ल्याउन सहयोग पुगोस् भनेर सम्माननीय प्रधानमन्त्री समक्ष सामान्य प्रशासन मन्त्री पदबाट राजिनामा गरेको छु।’

प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार बिहान बालुवाटारमा बोलाएर २४ घण्टाभित्र राजीनामा दिन निर्देशन दिएका थिए। त्यसको केही घण्टामै उनले पदत्याग गरेका हुन्। गुप्ताले आफू ‘प्रविधिको उच्चतम प्रयोगको शिकार’ भएको दाबी गर्दै दोषी नभएको संकेत गरेका छन्।

केही दिनअघि गुप्ताको अडियो सार्वजनिक भएको थियो जसमा उनले सरकारी नियुक्ति र काम मिलाइदिने भन्दै रकम लिएको कुरा चर्चामा आएको छ। अडियोमा कास्कीमा भूमिसम्बन्धी नियुक्ति र पोखराको जग्गा मिलाउने प्रसंग समेत समेटिएको थियो। विपक्षी दलहरूले गुप्तामाथि कारबाहीको माग गर्दै आएका थिए।

गुप्तामाथि मालपोत कार्यालयका कर्मचारीसँग ‘सहयोग माग्ने’, नमान्नेहरूलाई मन्त्रालय सरेर पठाउने धम्की दिने गरेको आरोप समेत छ।

२०८१ असार ३१ मा मन्त्री बनेका गुप्ता नेकपा एमालेबाट पर्सा–३ बाट प्रतिनिधिसभा सदस्य निर्वाचित भएका थिए। उनले मन्त्री भएको एक वर्ष पुगेको दिन नै राजीनामा दिएका हुन्।

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img