काठमाडौं | मिना देउवाको ह्याट्रिकसहित नेपालले साफ यु-२० महिला च्याम्पियनसिप फुटबलमा श्रीलङ्कामाथि ७–० को फराकिलो जित निकालेको छ।
बङ्गलादेशको ढाकास्थित बसुन्धरा किङ्स एरेनामा मंगलबार राति भएको खेलमा नेपालले पहिलो हाफमा पाँच र दोस्रो हाफमा दुई गोल गर्यो।
नेपालका लागि मिना देउवाले आठौँ, ४२औँ र ७०औँ मिनेटमा गरी तीन गोल गरिन्। पूर्णिमा राईले दुई तथा समीक्षा मगर र सरिता नाथले एक–एक गोल गरे।
यो जितसँगै नेपालले तीन खेलबाट ६ अंक जोडेको छ। बङ्गलादेश ९ अंकसहित शीर्ष स्थानमा छ। नेपालले पहिलो खेलमा भुटानलाई ६–१ ले हराएको थियो भने दोस्रो खेलमा बङ्गलादेशसँग पराजित भएको थियो।
श्रीलङ्का प्रतियोगितामा अझै जितविहीन छ।
नेपालले खेलको आठौँ मिनेटमै अग्रता लिएको थियो। त्यसपछि समीक्षाको गोलले अग्रता दोब्बर बन्यो। पहिलो हाफमै मिना र पूर्णिमाले थप गोल गर्दै ५–० को स्थिति बनाए। दोस्रो हाफमा मिना र सरिताले गोल थपेका हुन्।



