इन्फो नेपाल — सञ्चारको सञ्जाल

रविको अभिव्यक्तिकै दिन बालेनको कटाक्षपूर्ण स्टाटस, ‘देश जोगाउने र पार्टी जोगाउनेमा फरक हुन्छ’

हेटौँडा । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले राजनीतिक दलका नेता र कार्यकर्ताको भूमिकामाथि कटाक्ष गर्दै सामाजिक सञ्जालमा नयाँ स्टाटस लेखेका छन् । सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले सरकार र पार्टीबीच कुनै खटपट नरहेको बताएकै दिन प्रधानमन्त्री शाहले पार्टी जोगाउने र देश जोगाउनेबीच फरक रहेको टिप्पणी गरेका हुन् ।

बालेनले फेसबुकमा लेखेका छन्, ‘तपाईंहरूको कार्यकर्ता लड्छन्, नेता हाँसेर बस्छन् । हाम्रा नेता लड्छन्, मानवताले आश गर्छन् । फरक यति हो ! देश जोगाउने र पार्टी जोगाउनेमा फरक हुन्छ !’

प्रधानमन्त्रीको यो अभिव्यक्तिले पार्टीको स्वार्थ र देशको हितलाई तुलना गरेको देखिन्छ । यद्यपि उनले आफ्नो टिप्पणी कसलाई लक्षित गरेर लेखेका हुन् भन्ने खुलाएका छैनन् ।

यसअघि बिहीबार चितवनमा सञ्चारकर्मीसँग कुरा गर्दै रास्वपा सभापति लामिछानेले सरकार र पार्टीबीच कुनै अन्तरद्वन्द्व नरहेको बताएका थिए । उनले सरकारले गर्ने काममा पार्टीले हस्तक्षेप नगर्ने र दुवै पक्षबीच नियमित संवाद तथा समन्वय भइरहेको स्पष्ट पारेका थिए ।

लामिछानेले नेपाल प्रहरीका महानिरीक्षक परिवर्तन गर्ने सरकारको निर्णयको औचित्य पुष्टि गर्ने जिम्मेवारीसमेत सरकारकै भएको बताएका थिए ।

पछिल्लो समय प्रधानमन्त्री शाह र सभापति लामिछानेबीचको सम्बन्ध तथा सरकार र पार्टीबीचको समन्वयबारे प्रश्न उठिरहेका छन् । यस्तो अवस्थामा बालेनको पछिल्लो स्टाटसलाई रवि लामिछानेप्रतिको अप्रत्यक्ष टिप्पणीका रूपमा पनि व्याख्या गर्न सकिने भए पनि त्यसको पुष्टि भएको छैन ।

प्रधानमन्त्री शाहले आफ्नो स्टाटसमा कुनै नेता वा राजनीतिक दलको नाम उल्लेख नगरेकाले यो टिप्पणी रवि लामिछाने, गगन थापा वा अन्य कसैप्रति लक्षित हो भन्ने स्पष्ट छैन ।

सम्बन्धित समाचार

धादिङको रुबीभ्यालीमा बोलेरो जिप दुर्घटना हुँदा १ महिलाको मृत्यु, गम्भीर ६ घाइतेलाई हेलिकोप्टरबाट काठमाडौं लगियो

धादिङ । धादिङको रुबीभ्याली गाउँपालिका–४ स्थित कलदाङमा बोलेरो जिप दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ भने नौ जना घाइते भएका छन्। घाइतेमध्ये गम्भीर अवस्थाका ६ जनालाई थप उपचारका ल…

भीमफेदी सुमो दुर्घटना : मृतक र घाइतेको पहिचान खुल्यो

बिहीबार बिहान करिब ८ः३० बजे हेटौँडाबाट काठमाडौंतर्फ जाँदै गरेको ना१ज २१४३ नम्बरको सुमो अनियन्त्रित भई सडकबाट करिब सात मिटर तल राप्ती खोलामा खसेको थियो ।

बसन्त भण्डारी

English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

रित्तिएका घरमा फर्कियो चहलपहल, पर्यटनले बदल्दै सुपिङको मुहार

हेटौँडा। कुनै समय परिवारका सदस्यको हाँसो, कुराकानी र दैनिकीले भरिएका घरहरू बिस्तारै सुनसान हुँदै गए। रोजगारी, शिक्षा र सुविधाको खोजीमा गाउँ छाड्नेहरू बढ्दै गएपछि आँगनमा झार उम्रिन…

घुमन्ते