इन्फो नेपाल — सञ्चारको सञ्जाल

असार ९ गतेदेखी १५ गते सम्मको साप्ताहिक राशिफल

मेष, वृष, मिथुन, कर्कट, सिंह, कन्या र तुला राशिका लागि यो साता सकारात्मक रहने देखिन्छ। मेष राशिका लागि प्रतिष्ठित काम गरेर समाजमा स्थापित हुने समय छ। वृष राशिका लागि प्रारम्भमा स्वास्थ्य कमजोर रहे पनि मिहिनेत गर्दा सफलता प्राप्त हुनेछ। मिथुन राशिका लागि प्रियजनसँग भेटघाट र रमाइलो यात्राको अवसर छ, आर्थिक पक्ष सबल रहनेछ। कर्कट राशिका लागि विभिन्न अवसर प्राप्त हुने र प्रतिद्वन्द्वीहरूलाई परास्त गर्न सफल हुनेछन्। सिंह राशिका लागि बौद्धिक क्षमताको कदर हुनेछ र आर्थिक स्थिति सबल रहनेछ। कन्या राशिका लागि पारिवारिक समस्या र अनावश्यक झण्झट आए पनि, मिष्ठान्न भोजन र साथीभाइसँग रमाइलो पलहरू बित्नेछन्। तुला राशिका लागि साहस र पराक्रम बढ्ने र व्यापार व्यवसायमा सफलता प्राप्त हुने समय छ।

वृश्चिक, धनु र मकर राशिका लागि मिश्रित फल देखिन्छ। वृश्चिक राशिका लागि प्रारम्भमा वादविवाद र झमेला भए पनि बुद्धिको उपयोगले सफलता प्राप्त हुनेछ। धनु राशिका लागि प्रारम्भमा जटिल कामले दुःख पाइने भए पनि शुभचिन्तकहरूको साथले सफलता मिल्नेछ। मकर राशिका लागि प्रारम्भमा खर्च र चिन्ता बढ्ने भए पनि मंगलबारदेखि सुधार हुनेछ र व्यापार व्यवसायमा सफलता प्राप्त हुनेछ।

कुम्भ र मीन राशिका लागि यो साता सामान्यतया सकारात्मक रहनेछ। कुम्भ राशिका लागि व्यापार व्यवसायबाट प्रशस्त धन आर्जन हुनेछ र परिवारमा मेलमिलाप कायम हुनेछ। मीन राशिका लागि नयाँ सम्झौता वा करारबाट धन बढाउने अवसर मिल्नेछ र प्रेम तथा पारिवारिक जीवन सुमधुर रहनेछ। सबै राशिका लागि आ-आफ्नो भाग्यबल अनुसार सफलता मिल्नेछ र स्वास्थ्यमा ध्यान दिनुपर्ने आवश्यकता देखिन्छ।

मेष राशि (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)

यो साता तपाईका लागि उत्कृष्ट रहनेछ। प्रतिष्ठित काम गरेर समाजमा स्थापित हुने समय छ। काम देखाएर उपलब्धि हात पार्ने मौका छ। नयाँ काम वा नोकरी प्राप्त हुन सक्छ। विशिष्ट व्यक्तित्वहरूसँग मित्रता बढ्नेछ। तारिफयोग्य काम सम्पादन गर्दै लोकप्रियता हासिल गर्न सकिनेछ। प्रयत्न गर्दा नोकरी प्राप्त हुन सक्छ। सामाजिक कामले पदीय दायित्व समेत दिलाउन सक्छ। मिहिनेतले नाम, दाम र इनाम दिलाउन सक्छ। मित्रता र प्रेमको बन्धन कसिनेछ। आम्दानी बढ्नेछ भने परिश्रमअनुसार राम्रै प्रतिफल प्राप्त हुनेछ। सप्ताहान्तमा केही खर्च र दौडधुप गर्नुपर्ने हुन सक्छ।

वृष राशि (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)

यो साता तपाईका लागि मिश्रित रहनेछ। प्रारम्भमा स्वास्थ्य कमजोर हुने, खर्च बढ्ने, र अनावश्यक विवाद आइपर्ने सम्भावना छ। आफ्ना विरोधीहरूले समस्या उत्पन्न गर्न सक्छन्। व्यापार व्यवसायमा उतारचढाव देखिन सक्छ। तर, सोमवारदेखि दिनहरू शुभ रहन्छन्। प्रेम तथा पारिवारिक जीवन सकारात्मक रहनेछ। नोकरी तथा व्यवसायको क्षेत्रमा राम्रो प्रगति हुनेछ। आर्थिक लाभको अवसर प्राप्त हुनेछन्। धेरै समयदेखि रोकिएका कामहरू बन्नेछन्। विद्यार्थीले पढाईबाट राम्रो नतिजा प्राप्त गर्न सक्छन्।

मिथुन राशि (का, कि, कु, घ, ङ, छ, के, को, ह)

यो साता तपाईका लागि शुभ रहनेछ। सामाजिक कार्यबाट इज्जत र प्रतिष्ठा बढ्नेछ। आर्थिक अवस्था सबल रहनेछ। व्यापार व्यवसायबाट नाफा आर्जन हुनेछ। आफ्ना दाजुभाइको तथा आफन्तको सहयोग प्राप्त हुनेछ। रमाइलो यात्रा हुन सक्छ। परिवारमा मेलमिलाप र एकता कायम हुनेछ। आफ्नो जीवनसाथीबाट उचित सहयोग मिल्नेछ। पढाई कमजोर हुन सक्ने देखिन्छ त्यसकारण विद्यार्थीले पढाईमा ध्यान दिनु आवश्यक छ। मंगलबार र बुधबार भने तुलनात्मक रूपमा कमजोर दिन रहेका छन्।

कर्कट राशि (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)

यो साता तपाईका लागि शुभ रहनेछ। बोलीको प्रभाव बढ्नेछ। आर्थिक अवस्था सबल रहनेछ। साथीभाइको साथ र सहयोगले अप्ठ्यारा काम समेत बन्नेछन्। यो साता व्यापार व्यवसायमा सकारात्मक अवस्था रहनेछ। साताको मध्यभाग तिर केहि उतारचढाव आउन सक्छ, तर पनि साताको अन्त्यतिर आम्दानी बढ्नेछ। परिवारमा मेलमिलाप र शान्ति कायम हुनेछ। प्रेम सम्बन्ध पनि सुमधुर रहनेछ। विद्यार्थी वर्गका लागि पनि यो साता शुभ रहेको छ। बिहिबार र शुक्रबार तुलनात्मक रुपमा कमजोर दिन रहेका छन्।

सिंह राशि (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)

यो साता तपाईका लागि शुभ रहनेछ। साताको शुरुवातमा तपाईको बौद्धिक क्रियाकलापमा मन जानेछ भने तपाईको सिर्जनात्मक क्षमताको कदर हुनेछ। आर्थिक अवस्था सकारात्मक रहनेछ। व्यापार व्यवसायबाट उचित लाभ मिल्नेछ। विशेष गरि कृषि तथा पशुजन्य वस्तुको व्यापार व्यवसायबाट सोचे अनुरुप लाभ मिल्नेछ। नोकरी गर्नेहरुकालागि पनि शुभ समय रहने देखिन्छ। सन्तानबाट सुख प्राप्त हुनेछ। धनको बचत हुनेछ। विद्यार्थीको पढाईका लागि यो उत्तम साता रहेको छ। प्रेम तथा पारिवारिक जीवन पनि सुखद रहनेछ।

कन्या राशि (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)

यो साता तपाईका लागि मिश्रित रहनेछ। प्रारम्भमा पारिवारिक समस्या, अनावश्यक झमेला, र कार्यमा बाधा आउन सक्छ। तर मंगलबारदेखि अवस्था सकारात्मक हुँदै जानेछ। मिष्ठान्न भोजन प्राप्त हुनेछ। साथीभाइसँग रमाईला पलहरू व्यतित हुनेछन्। नोकरीमा सफलता मिल्नेछ। सहकर्मी साथीबाट सहयोग प्राप्त हुनेछ। व्यापार व्यवसायबाट उचित लाभ मिल्नेछ। पारिवारिक जीवन सुखद रहने छ। प्रेम सम्बन्ध सुमधुर रहनेछ। अध्ययन कार्यमा मन जानेछ। प्रतिस्पर्धीलाई चुनौती दिन सक्नुहुनेछ।

तुला राशि (र, रि, रु, रे, रो, ता, ति, तु, ते)

यो साता तपाईका लागि शुभ रहनेछ। साहस तथा पराक्रम बढ्नेछ। आफ्ना साथीभाइबाट महत्वपूर्ण सहयोग मिल्नेछ। व्यापार व्यवसायमा विस्तार हुनेछ। आम्दानीका क्षेत्रहरू बढ्दै जानेछन्। नोकरी गर्नेहरुकालागि पनि सकारात्मक रहनेछ। नोकरी गर्नेहरुकालागि नयाँ काम सिक्न पाईने अवसर हुनेछ। प्रेम तथा पारिवारिक जीवन सुखद् रहनेछ। आफ्नो प्रेमीको हरेक सुख दुखमा साथ र सहयोग प्राप्त हुनेछ। विद्यार्थीको पढाई सकारात्मक रहनेछ। मंगलबार र बुधबार तुलनात्मक रुपमा कमजोर दिन रहेका छन्।

वृश्चिक राशि (तो, ना, नि, नु, ने, नो, या, यि, यु)

यो साता तपाईका लागि शुभ रहनेछ। बोलीको प्रभाव बढ्नेछ। सिर्जनात्मक तथा अभिव्यक्ति क्षमता बढनाले महत्वपूर्ण कार्यमा सफलता मिल्नेछ। व्यापार व्यवसायबाट उचित लाभ हुनेछ। आफ्ना दाजुभाइको सहयोगबाट व्यापार व्यवसायमा सफलता मिल्नेछ। विद्यार्थीको पढाईमा मन जानेछ। परिवारमा मेलमिलाप र शान्ति बढ्नेछ। प्रेम सम्बन्ध सुमधुर रहनेछ। बिहिबार र शुक्रबार तुलनात्मक रुपमा कमजोर दिनहरू रहेका छन्।

धनु राशि (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)

यो साता तपाईका लागि शुभ रहनेछ। मान प्रतिष्ठा बढ्नेछ। मन प्रफुल्ल रहनेछ भने विभिन्न रमाइला कार्यक्रममा सरिक हुने अवसर जुट्नेछ। आत्मविश्वास उच्च रहनेछ। तपाईको विचारको सर्वत्र प्रशंसा हुनेछ। आर्थिक अवस्था सबल रहनेछ। व्यापार व्यवसायबाट उचित मुनाफा आर्जन हुनेछ। नोकरीमा तपाईको कार्यको उचित कदर हुनेछ। आफ्ना दाजुभाइ तथा परिवारका अन्य सदस्यसँग सल्लाह लिएर कार्य गर्नु उत्तम हुनेछ। अप्ठ्यारो अवस्थामा परिवारको साथ र सहयोग प्राप्त हुनेछ। अध्ययन कार्य सफल रहनेछ। प्रेम सम्बन्धमा सामान्य मनमुटाव भए पनि ठुलो समस्या हुनेछैन।

मकर राशि (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)

यो साता तपाईका लागि प्रारम्भमा खर्च बढ्नाले अर्थ अभाव देखा पर्न सक्छ। काम रोकिनाले दोहोर्याएर प्रयत्न गर्नुपर्ला। सोमबारदेखि आफन्तसँगको सम्पर्कले मनमा आनन्द मिल्नेछ। रोकिएका काम बन्नेछन्। अध्ययनमा ध्यान केन्द्रित हुनेछ। काममा शुभचिन्तकहरूले साथ दिनेछन्। आम्दानीको नयाँ स्रोत भेटिनेछ। मिहिनेतले व्यावसायिक काममा राम्रै उपलब्धि प्राप्त हुनेछ। सप्ताहान्तमा इच्छाशक्ति बढ्नुका साथै लक्ष्य प्राप्त गर्ने साहस जुट्नेछ। मिहिनेतले मानसम्मान दिलाउनेछ। अर्थ उपार्जनका विभिन्न स्रोत प्राप्त हुनेछन्। भौतिक साधन जुटाउने समय छ।

कुम्भ राशि (गु, गे, गो, सा, सि, सु, से, सो, द)

यो साता तपाईका लागि विशेष अवसर जुट्नुका साथै पछिसम्म फाइदा हुने काम प्रारम्भ हुनेछ। आम्दानीका स्रोतहरू बढ्नेछन्। तर सरसापटमा धन बाहिरिनाले बचत भने नहुन सक्छ। सोख पूरा गर्नलाई पनि खर्च बढ्नेछ। खर्चिलो काम गर्नुपर्ने हुँदा ऋणभार बढ्न सक्छ। आफन्तबाट टाढिनुपर्ने स्थिति आए पनि भविष्यको मार्गचित्र कोर्ने समय छ। बुधवारदेखि स्थितिमा सुधार आउनाले काममा उत्साहित भइनेछ। तारिफयोग्य कामले लोकप्रियता दिलाउनेछ। भेटघाट र खानपानको आनन्द प्राप्त हुनेछ। अध्ययन र लेखनकलामा निखारता आउनेछ।

मीन राशि (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)

यो साता तपाईका लागि उपलब्धिमूलक रहनेछ। नोकरी एवं व्यापार व्यवसायमा सफलता मिल्नेछ। साझेदारीका कार्यबाट उचित मुनाफा आर्जन हुनेछ। सामाजिक कार्यमा सरिक भइनेछ। आध्यात्मिक कार्यबाट मन प्रशन्न रहनेछ। अध्ययन कार्य सफल रहनेछ। कार्य स्थलमा सहयोगी वातावरण प्राप्त हुनेछ। प्रेम तथा पारिवारिक जीवन सुमधुर रहनेछ। विद्यार्थीका लागि अनुकूल रहेको छ। तपाईको परिश्रमको राम्रो परिणाम प्राप्त हुनेछ। बिहिबार र शुक्रबार भने खर्च बढ्न सक्ने, स्वास्थ्यमा समस्या आउन सक्ने, अनावश्यक विवादमा फस्न सक्ने रहेकाले ध्यान दिनुपर्ने रहेको छ।

सम्बन्धित समाचार

मंसिर ४ गते शुक्रबारको भाग्यफल

वृष, कर्कट, तुला र मीन राशिका व्यक्तिका लागि पारिवारिक सुख, आर्थिक योजना र व्यक्तिगत सम्बन्धका दृष्टिले अनुकूल संकेत छन्। मेष, मिथुन, कन्या र धनु राशिका व्यक्तिले कामकाज, अध्ययन तथ…

ज्यो. प. धुर्वराज सुबेदी

मंसिर ३ गते बिहीबारको भाग्यफल

आज २०८३ साल मंसिर ३ गते बिहीबार। आज कात्तिक शुक्ल दशमी तिथि परेको छ। विश्व शौचालय दिवस, अन्तर्राष्ट्रिय पुरुष दिवस तथा विश्व दर्शनशास्त्र दिवस पनि आजै मनाइँदै छ। मंसिर महिनाको सुरु…

ज्यो. प. धुर्वराज सुबेदी

Latest in English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

मंसिर २ गते बुधबारको भाग्यफल

आज २०८३ साल मंसिर २ गते बुधबार। आज कात्तिक शुक्ल नवमीका अवसरमा कुष्माण्ड नवमी तथा अक्षय नवमी मनाइँदै छ। यस दिन अमलाको वृक्ष र भगवान् विष्णुको पूजा गर्ने धार्मिक परम्परा छ। हेटौँडाक…

ज्यो. प. धुर्वराज सुबेदी